काठमाडौ, पुस ८ -
बिरानो यो मन्दिरमा
कुनै दियो बल्दैन
नआऊ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन...
गायक बन्ने अठोटसाथ सर्लाहीको कर्मैयाबाट केही वर्षअघि काठमाडौं छिरेको
ठिटो यही गीतबाट गायकमा दरिएको थियो । 'रिजन' एल्बममा राम्रा गीत अरू पनि
थिए, तर छुवाछूतको सन्दर्भ उठाइएको यो गीतलाई धेरै श्रोताले मन पराए ।
कतिपयले यसलाई आपmनो सम्झे । यो गीत गायक एस कुमार -सुरेशकुमार परियार) को
पनि आपmनै कटु अनुभव थियो । काभ्रेको ढुंखर्कका राम नेपाल त्यहींकी गीता
परियारलाई मन पराउँथे । दुवैबीच प्रेम पर्यो, विवाह गरे । तर नेपाल
परिवारले रामलाई काभ्रेमा टिक्न खान दिएन र दुवै भागेर सर्लाही पुगे । अनि
जन्मिए सुरेश । 'तिर्खा,' 'तिमी' र 'नरुने आँखाहरू' जस्ता एल्बम निकालिसकेका एस
कुमार केही समययता अभिनेताको परिचय लिएर देश दौडाहा गरिरहेका छन् । उनको
पहिलो फिल्म 'बाटोमुनिको फूल' मा पनि छुवाछूतकै कुरा उठाइएको छ, यसलाई पनि
सिने पारखीहरूले निकै मन पराएका छन् ।
गायकका रूपमा नाम कमाइरहनु भएको थियो । अब अहिले तपाईं नायक बनेको फिल्म
पनि चल्यो । संगीत र सिनेमामध्ये कुन विधालाई निरन्तरता दिइरहूँ भन्ने
लागेको छ ?
मेरो पहिचान गायक नै हो । अभिनय अहिले आएर सौख बनेको मात्र हो । तर म संगीतबाट बचेको समय मात्रै सिनेमालाई दिन्छु ।
गायक हुनु र अभिनेता हुनुमा के भिन्नता पाउनुभयो ?
गीत आँखा चिम्लेर, भावनामा डुबेर गाउँदा हुन्छ । त्यसमा पर्सनल फिलिङ
हाल्न पाइन्छ । सिनेमामा चाहिं डाइरेक्टरले भनेका एक्सन र कटका बीचमा रहेर,
त्यसमा पनि आँखा खोलेर भीडमा काम गर्नुपर्छ । मेरो अनुभवमा अभिनय गर्न
नेचुरल क्यापासिटी चाहिंदैन, जबकि गायक बन्नका लागि चाहिन्छ । स्वर जन्मँदा
नै लिएर आएको हुनुपर्छ । यी दुइटै क्षेत्रका आआपmनै मज्जा छन् । सिनेमा
खेल्दा एकै चोटि हजारौंको नजरमा परिंदो रैछ ।
फिल्मको चस्का कसरी लाग्यो ?
मैले नाटकहरूमा पहिलेदेखि नै फाट्टफुट्ट खेल्दै आएको हुँ । मज्जा लाग्थ्यो
। फिल्ममा खेल्न पाए हुन्थ्यो भन्ने भइरहेको थियो । त्यो सोचलाई संगीतको
खस्कँदो व्यापारले मलजल गर्यो । अहिले गीत गाएर बाँच्ने अवस्था छैन ।
मान्छेहरूले गीत सुनेका बेला ए यस्तो रैछ भन्दिनेसम्म हुन्, आर्थिक प्रतिफल
केही छैन । पाइरेसीले संगीतको व्यापारलाई झन् चौपट बनाएको छ । सस्तो भएको छ संगीत । अर्को कुरा, दलित समुदायका समस्याबारेमा चाहेजति
आवाज उठ्न सकेको छैन । यसबारे मैले उपन्यास लेखिरहेको थिएँ । उपन्यास
सकिएपछि साथीहरूसँग सल्लाह गर्दा फिल्म नै बनाउने कुरा आयो र यता लागियो ।
नायक कसरी बन्नुभयो ?
कथाले दलित मुद्दालाई जोडदार रूपमा उठाएको छ । तिनका समस्याका कुरा बुलन्द
पारेको छ । निर्देशक सुरज सुब्बाले मलाई 'तपाईं नै हिरो बन्दा उपयुक्त
हुन्छ, कथा सुहाउँदो हुन्छ' भन्नुभयो । मैले एक साता सोचेपछि हिरो हुन ओके गरें । 'बाटो मुनिको फूल' को प्रतिक्रियाले
सुरजजीको कुरालाई पुष्टि पनि गर्यो । मेरो अभिनयको, भूमिकाको धेरैजसोले
तारिफ गरिरहेका छन् । यसबाट झन् च्यालेन्जिङ रोल पाए फिल्ममा खेल्छु भन्ने
रहर पलाएको छ ।
ँबाटोमुनिको फूल’ मा दलित समुदायका कुरा कुन उद्देश्यले उठाइएको हो ?
गीतसंगीतमा मैले छुवाछूतकै कुरा उठाएको थिएँ, जुन सफल पनि भयो । त्यति हुँदाहुँदै पनि त्यो पर्याप्त भएन । राजधानीनजिकैका ठाउँमा
शिक्ष्ाित मानिएका परिवारले दलित महिलालाई बोक्सीको आरोपमा गुहू खुवाए ।
यसबाट मलाई के लाग्यो भने मेरा गीतले समाजमा दलितबारे सकारात्मक धारणा
बनाउन २५ प्रतिशत मात्रै काम गरेका रहेछन् । दलित दबिएकै रहेछन् । त्यसलाई
शत प्रतिशतको नजिक पुर्याउन फिल्म नै उपयुक्त हुन्छ भन्ने लाग्यो । तर दलितका कुरा अबको कुनै फिल्ममा उठाउँदिनँ । 'बाटोमुनिको फूल'
मार्फत मैले पहल गरें, सकियो । देशको काम के ? यत्रा एनजीओ, आईएनजीओको काम
के ?
बाटोमुनिको फूल’ मा दलित युवक र कथित उच्च जातकी युवतीबीचको प्रेमलाई केन्द्रमा राखिएको छ । यो सन्दर्भ तपाईंकै अनुभव हो ?
मेरो भोगाइभित्र पर्दैन त्यो कुरा । हाम्रो समाजमा यस्ता प्रसंग धेरै छन् । 'मैले छोएको पानी चल्दैन...' गीत बजारमा आएपछि धेरैतिरका धेरै
भुक्तभोगी युवायुवतीसँग छुवाछूत मुद्दाबारे मेरो कुराकानी भयो । अहिलेका
युवायुवती घरबाहिर जातीय छुवाछूत मान्दैनन् । उनीहरूका दलित जातिका
साथीभाइसँगै खान्छन्, खेल्छन्, सुत्छन् । तर घरभित्र छुवाछूत मान्नैपर्ने
बाध्यता छ । तिनका घरमा रूढिवादी सोच भएका मानिसहरूको बाहुल्य छ । विभिन्न
ठाउँमा अन्तरक्रियाका क्रममा धेरै युवायुवतीले मलाई कास्ट सिस्टमका कारण आपmनो प्रेम सफल हुन नसकेको सुनाएका छन् ।
साभार :- कान्तिपुर
No comments:
Post a Comment