मकवानपुर ,२०७२ साउन १९, विभेद विरुद्ध अभियान । सिरहा जिल्लाको धनगढी गाबिस -३ नयनपुरमा डोम परिवारलाई स्थानीय महिलाहरुद्वारा इनारमा पानी भर्न बाट रोक लगाउने र कुटपिट गरि दुर्ब्यबहार गर्ने कार्य भएको छ यसले आम दलित समुदायलाई ज्यादै दुखि बनाएको छ । घटनाले छुवाछुत र विभेदको डरलाग्दो स्वरुपलाई उदांगो पारेको छ । मुलुक संबिधान निर्माणको प्रक्रियामा छ । संविधानको मस्यौदामा दलितका अधिकारहरु छुट भएकोमा चौतर्फी बिरोध भैरहेको छ तर सामाजिक परिवेशलाई नियाल्दा छुवाछुत र विभेदका घटनाहरु दिनानुदिन बढ्दै गैरहेको छ यसले के कुराको पुष्टि गर्दछ भने समाजमा विभेद चरम आवस्थामा छ त्यसैले दलितको समस्यालाई समाधान गर्न राज्य अत्यन्त गम्भीर हुनुपर्दछ । जातीय भेदभाब तथा छुवाछुत कसुर सजाय ऎन -२०६८ आएको ४ बर्ष भैसक्यो तर खोइ कार्यन्वयनमा आएको ?
यस किसिमको क्रियाकलापले बर्तमान ऎन र कानुनको उपहास भैरहेको छ । राज्यले ऎन कानुन ल्याउन ,छुवाछुतलाई मुक्त गर्न संकल्प गर्ने तर ब्यबहारिक कार्यान्वयन तर्फ ध्यान नपुरयाउने भएका कारण यस्ता घटनाहरुले प्रश्रय पाएका हुन ।धनगढी घटनाका प्रत्यक्षदर्शी नेपाली सिनेजगतका महानायक राजेश हमाल लाई नेपाली हुनुमा लज्जा महसुस भयो विभिन्न संचार माध्यमहरुले महत्वका साथ प्रकाशमा ल्यायो तर उत्पीडित दलित समुदाय त बर्षौदेखि यस्ता घटनाको सिकार भैरहेका छन । पटक पटक लज्जित र अपमानित हुनुपरिरहेको छ । सूचना र संचार देखि बिमुख भएर , गुमनाम भएर घटनाहरुलाई दबाउनु परिरहेको छ । दलित समुदायको पीडालाई ब्यवस्था गर्ने र सदियौ देखिको उत्पीडनलाई निरन्तरता दिने ,आर्थिक सामाजिक ,शैक्षिक र राजनैतिक समस्याको समग्र उत्थान र विकास गर्न गम्भीर नहुने कुरा नेपालको संबिधान २०७२ को प्रारम्भिक मस्यौदामा दलितका अधिकारहरु कटौती गर्नुको आशय प्रष्ट हुन्छ ।
अन्तरिम संबिधान २०६३ ले प्रत्याभूत गरेका अधिकार समेतलाई कटौती गर्ने जुन किसिमको धृष्टता गरिएको छ यसतर्फ दलित समुदायको गम्भीर ध्यानाकर्षण भएको छ ।दलितका अधिकारहरुलाई संस्थागत गर्न ,समानुपातिक समाबेसी प्रतिनिधित्वको सुनिश्चितताको लागि २०% को संबैधानिक व्यवस्था गर्न जोडदार माग गर्दछौ ।सिरहाको धनगढीमा डोम परिवारलाई जुन किसिमको ब्यबहार भयो त्यसले मुलुकका ६० लाख दलित समुदायको मानबीय भावनामा गम्भीर ठेस पुगेको छ त्यसर्थ नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुर घटनाको घोर भत्सर्ना गर्दछ र घटनामा समाबेस माथि कडा भन्दा कडा कारबाहीको माग समेत गर्दछ ।
No comments:
Post a Comment