उत्कृष्ट रेडियो कृष्णसार एफ.एम आइडल बने संगीत विश्वकर्मा

नेपालगञ्ज,१९ जेठ ०७२, विभेद बिरुद्ध अभियान   मध्य र सुदूरपश्चिममै गायन प्रतिभाको खोजी अन्तर्गत कृष्णसार आइडल अन्तर्गत सिजन ४ का विजेता हुन्  दाङ पुरनधाराका संगीत विश्वकर्मा । उनले आफ्नो प्रतिभालाई संगीतको माध्यमबाट पछिल्लो समयका उम्दा गायकको छबिलाई समेत उजिल्याउन सफल भएका छन्। संगीतलाई मनदेखि नै माया गर्ने संगीत सफल गायक बन्न चाहन्छन् । त्यसका लागी उनले आफु भित्र रहेको प्रचुर सम्भावनालाई सबैसामु प्रमाणित पनि गरिसकेका छन् ।  नेपालगञ्जको एक उत्कृष्ट रेडियो कृष्णसार एफ.एमबाट बर्षेनी भइरहने कार्यक्रम कृष्णसार आइडल यस बर्ष अर्थात सिजन ४ को बिजेता बनेका संगीत भर्खरै मात्र प्रवेशिका परीक्षा सकेर कलेज लाइफको उकालो चढ्दै छन् । विज्ञान संकाय अन्तर्गत कक्षा ११ मा अध्ययनरत उनी अब त्यससगै सगींत क्षेत्रलाई पनि अगाडी बढाउने महत्वपूर्ण मोडमा आइपुगेका छन् ।
उसो त आफ्नो सानैदेखिको रुचि संगीत नै भएको भन्ने उनले संगीतलाई करियरकै रुपमा अगाडी बढाउने बताउछन् । एकातिर विज्ञान संकायको अध्ययन र नियम अनि अर्कोतिर विज्ञानलाई समेत प्रभावित गर्न सक्ने संगीत क्षेत्र । फरक सम्बन्ध र क्षेत्र । यी दुबैलाई अहिलेसम्म उत्कृष्ट संग अगाडी बढाउदै आएका संगीत अब के चाहन्छन् त ? यसैसम्बन्धि एक्टर नेपालका लागी विष्णु विवेकले गर्नुभएको कुराकानी ः
कृष्णसार आइडल बनेपछि कस्तो लाग्दैछ ? 
आइडल बनेपछि धेरै खुसी छु । पहिले आफेैले गुन्गुनाउने र अहिले वास्तविक रुपमा गायक बन्ने इच्छा सफल रुपमा अगाडी बढ्ने उपाधी पाउदा खुसी नै छु । 
कहिलेदेखि शुरु गरेको गाउन ? 
गीत सानेैदेखि गुन्गुनाउथे । स्कुलमा, गाउमा स साना कार्यक्रम हुदा पनि गाउथे । तर यसरी ठूला प्रतिष्पर्धाहरुमा गीत गाएको थिएन् । सायद प्रतिष्पर्धात्मक रुपमा पहिलोचोटी कृष्णसार आइडलमा नै गाएको हु । 
आइडल नै बन्छु भन्ने लागेको थियो ?

अहँ । म आइडल नै बन्छु भन्ने त लागेकै थिएन । ७५ प्रतिशत त ढुक्क थिए । भाग लिएर विस्तारै कम्पेटिसनमा गाउदै जादा म राम्रो गाउन सक्छु भन्ने लागेको थियो । तर आइडल नै भएपछि म साच्चै रहेछु भन्ने लाग्यो । र यो मेरो लागी एकदमै फरक र आश्र्यजनक हो ।
आफै गीत पनि लेख्नुहुन्छ ? 
हो । पहिले पनि लेख्थे । अहिले पनि लेख्दै छु । म आफैले गीत रचना गरेर गाउने पनि सोचेको छु । विस्तारै संगीत क्षेत्रमा स्थापित हुनलाई हरेक क्षेत्रमा पोख्त हुनुपर्छ । त्यसैका लागी पनि प्रयास गर्दैछु । 
एल्बम पनि निकाल्ने हो ? 
तत्काल त्यति धेरै सोच त छैन् । अहिले अध्ययनलाई निरन्तरता दिन्छु । हेर्दै जाऊ गर्दै जाउ । एकदिन कसो नहोला र । 
साइन्सको स्टुडेन्ट भएर पनि आइडल विजेता बन्यौ नि ?
हो । म साइन्स पढ्छु । कक्षा ११ मा । असार १ गतेदेखि परीक्षा शुरु हुदैछ । पहिले पढ्न नपाएर अहिले एकमदै मेहनत गरिरहेको पनि छु । तर आइडल नै बन्छु भन्ने गरी मैले गीत गाएको थिएन् । संगीत प्रतिको रुचिले मलाई यो उपाधी दिलाएको हो । मलाई रुचि थियो । मैले गाह्रो मानेको थिएन । पढाईलाई निरन्तरता दिदै जादा राम्रै हुन्छ भन्ने लाग्यो । अलिकति कठिनाई भयो ।

साइन्स आफैले पढ्न शुरु गरेको की, परिवारको सुझाव ? 
आमाबुवाको सुझाव नै हो । म सानै देखि निकै मेहेनत गर्थे । एसएलसीपछि खासगरी बुवा आमाले साइन्स पढ्नुपर्छ भन्नु भो । मलाई राम्रो विषय त्यही लाग्यो । त्यसैले पढेको । तर अब यता तिर पनि सोच्नुपर्ला । त्यताभन्दा यता टयालेन्सी छ भन्ने प्रमाणित पनि भएको छ। रुचि पनि छ ।
अहिले बढी रुचि संगीतमै छ ? 
हो । अहिले त संगीत नै मुख्य रोजाई भएको छ। त्यतिबेला पनि मैले संगीतमै लाग्न कसैको राम्रो सुझाव पाए म संगीतलाई नै रोज्थे । त्यही अध्ययन गर्थे । अब ११ र १२ सकाएर त्यसपछि संगीत पढ्छु ।

उद्धेश्य के छ ? 
अहिले त अध्ययनलाई निरन्तरता दिन्छु । विस्तारै संगीत तथा गायन क्षेत्रमा केही गर्ने सोच छ। 
अनि सपना ? 
सफल गायक बन्ने सपना छ । 
मन पर्ने गायक ?
स्वरुपराज आचार्य र मनोजराज । 
स्वरुपराज आचार्य आदर्श की सपना पनि ? 
सायद आदर्श भनौ । उहाका प्राय सबै गीत मन पर्छन ।

कत्ति भो उमेर ? 
१९ बर्षको भए ।

१९ बर्षमै यति ठूलो सफलता पाउदा कस्तो महसुस हुन्छ ? 
जे होस यो सानै उमेरमा पनि यो सफलता पाउनु चानचुने होइन । यसले मलाई ठूलो हौसला प्रदान गरेको छ। स्थापित हुनलाई अझ ठूलो बाटो देखाइदिएको छ।

फाइनलमा कुन गीत गाउनु भएको थियो ? 
स्वरुपराज आचार्यको जीन्दगीकै सवाल हुन्छ चोखो माया भित्र …हाम्रो ।

हो त ? होइन होला ? 
हो नि । जीन्दगीकै सवाल हुन्छ चोखो मायामा । 
गलफ्रेन्ड छ हो ?
छैन् ।

अनि अहिले प्रपोज त पक्कै पनि आइरहेको होला ?
अ…अ….अ…..आइ…राछ….। भनौ । धेरैले मन पराउछन् । तर अहिले करियरलाई अगाडी बढाउन चाहन्छु ।

स्रोत:- actornepal.com

No comments:

Post a Comment