पुर्खाले नगरेको काम गरेर श्रमको सम्मान गर्दैछन गोपाल तामाङ

तस्बिर र समाचार साभार  :-कृष्णचन्द्र बन्जारा/राजकुमार गोले (बनजरा१२) बाट
सुन्दा र देख्दा सबैलाई अचम्म लाग्छ । कसैलाई पत्याउन पनि गाह्रो होला ।आरनको काम भनेको हाम्रो समाजमा कथित उपल्ल जाति भनाउँदाहरुले तल्लो जातको रुपमा परिभाषित समुदाय कामीको मात्र हो भन्ने ठानीदै आएको छ । एक्काइसौ शताब्दीमा दुनियाँ अगाडी बढीरहेको अवस्थामा हाम्रो देशमा भने यो मानसिक्ता जस्ताको तस्तै छ । आरनको काम कामीबाहेक अरुले गर्नै नहुने कथित ठूलो जात भनाउँदाहरुले सोचिरहेका हुन्छन । शहरीय भेगमा भने यस्ता भेदभाव यथावत छ ।
ग्रामीण इलाकामा यस्तखाले विभेदहरु रहेतापनि यसलाई तोडेर अरुजातले पनि आरनको काम गरे सानो नहुने उदाहरण पेशा गरेका छन काभ्रेको बल्थली गाविस वडा नं ६ , ख्याकूडाँडागाउँका १७ वर्षिय गोपाल तामाङ(सोमबहादुर) ले । हाम्रो समाजमा कतिपय युवाहरु जुवा–तास खेल्ने, जाडँ रक्सी खाएर विग्रीरहेका छन । अनि कतिपय युवाहरु हाम्रै अगाडी हामीले देखेका छौ रोजगारका लागि आफना देश छोडेर विदेश पलायन भएका छन । तर उनी भने पुर्खाले नगरेको काम गरेर श्रमको सम्मान गरेका छन । काभ्रेको बल्थली गाविस वडा नं. ६ ख्याकुडाँडागाउँमा जन्मिएका स्याङतान तामाङ सानै उमेरदेखि मिहेनती देखिने उनी घरको वातावरण राम्रो नभएको कारणले गर्दा बाल्यकाल कष्टमय ढंगले बित्यो । पढनु पर्छ भन्ने भावना भएता पनि घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले पढन भने पाउँदै पाएनन् । पढाईको अभावका कारण यस्तो काम गर्नुपरेको स्याङतान तामाङको भनाई रहेको छ ।
तस्बिर र समाचार साभार  :-कृष्णचन्द्र बन्जारा/राजकुमार गोले (बनजरा१२) बाट
माथि पनि उल्लेख ग¥यौ कि अझै पनि हामीले समाजमा देखिएका छौ , सुनीरहेको पनि छौ, आरन चलाउने कामी मात्र हो उनीहरु दलित हुन । दलितले छोएको पानी, खानेकुरा खानु हुदैन घरभित्र पस्तु हुन्न भनेर भन्ने गर्दछन तर यी जातीय विभेदको कुरालाई आमूल परिवर्तन गर्न स्याङतान तामाङ यो पेशामा लागेको बताउँछन । स्याङतान भन्नुहुन्छ‘‘ चोर्ने, ढाट्नु ठग्नु पो हुदैन आफ्नो श्रम गर्न के को लाज ? हामीले जुन सुकै काम गरी परिश्रम गर्न तयारी हुनुपर्छ । ’’ख्याकुडाँडागाउँको आफ्नै घरको आँगनमा छाप्रो बनाएर बसेका स्याङतान विहान देखि बेलुकासम्म आरन सम्बन्धी काम गर्ने गर्दछन । उनलाई समाजले सूरु सूरुमा आरन सम्बन्धी काम गर्दा तामाङ जातिको जात, थर बेचिएको समेत आरोप लगाए । स्थानीय दलित साथीसँग एक महिनासम्म तालिम लिई आफ्नै घरमा आरन पेशा सुचारु रुपले विग १÷२ वर्ष अघि देखि सञ्चालन गर्दै आएको उनले बताए । सानो बाँसको छाप्रो र कहिले कहि खुल्ला आकाश मुनि बसेर निरन्तर पटपट फुटेको हातबाट ठेला उठी रगतब बगीरहेको छ । तर जती पीडा भएपनि कहिले काट्ला दिन भनी ठेला उठेको ती युवकको हातले निरन्तर फलाम पिटीरहेका छन । फूर्सत छैन उनलाई सिथिल भैरहेको जीउ निरन्तर आगोको रापसँगै तातेको फलाम पीटेर थोपा थोपा पानीको धारा झै चुहिरहेको पसिनाले भिजीरहेको
तस्बिर र समाचार साभार  :-कृष्णचन्द्र बन्जारा/राजकुमार गोले (बनजरा१२) बाट
ती शरीर जती दुःख कष्ट खेप्नु परेतापनि आफनो नयाँ पेशा प्रति स्याङतान प्रतिवद्ध छ ।
स्याङतानले दैनिक आरनको कामम गरेर जीविकोपार्जन गरिरहेका छन । यसरी आरनको काम गरेको ज्यालाले विहान बेलुका हात मुख जोर्न र एक छाक टार्न धौ–धौ छ उनलाई उनको कमाइले उनको परिवार पाल्नु परेको छ । उनी विहान ६ बजे झिसमिसेमा फलामको विभिन्न सामग्री र औजारहरु भएको आरनमा आइपुग्छन् । आफ्नो घरको आर्थिक अवस्था कमजोर भएका कारणले गर्दा यस्तो काम गर्नु परेको बताउँछन । आरन पेशाबाट आफनो गर्जाे आफै टार्ने भएपछि यी १७ वर्षे युवा सोमबहादुर आफनो पेशाप्रति सन्तृष्टि देखिन्छ । उनले दिनमा २÷३ वटा हसिँया कुटो कोदालो बनाउने र अर्जाप्ने काम गर्छन । उनका अनुसार एक वटा हसिँयाको रु ६०÷७० र कोदालोको रु १ सय २० देखि १ सय ५० रुपैया सम्म पाउछन ।
गाउँ भरिका बासीन्दाहरु अहिले विभिन्न खाले औजार निर्माणका लागि आउने गरिन्छ । यसरी दिन भरि श्रम गरे बापत १ सय ५० रुपैया सम्म कमाउने गरेको बताउँछन । उनी भन्छन–‘‘ दलित परिवारले मात्र आरनको पेशागर्नै पर्छ भन्ने मान्यता र जातीय छुवाछुतको विषयमा कुरा उठिरहेको बेला बसै मान्छे एउटै हो, रगत सबैको रातो आउँछ, आत्मा सबैको एउटै हो ।’’ साथै समाजमा यस्ता किसिमको व्यवहार क्रियाकलाप रहेकाले यस खाले प्रवृतिलाई अन्त्य गर्नको लागि आफनै घरको आँगनमा बसेर आरनपेशा गरी ख्याकुडाँडागाउँबाट नमुना देखाएको उहाँको भनाई रहेको थियो । यसरी आरन पेशा प्रतिको सोमबहादुरको सम्मान सिंगो दलित समुदायको सम्मान हो भन्ने कुरा उनले प्रमाणित गरेको छ ।

No comments:

Post a Comment