लोकतन्त्र प्राविमा अंग्रेजी माध्यममा शुल्कबिनै पढाइ

विकट गाउँ ! त्यसमा पनि अंग्रेजीमा निःशुल्क अध्यापन ! सुन्दा आश्चर्य लाग्न सक्छ। तर, पर्वतको रानीपानी-१, बिरुवारीमा खोलिएको एक विद्यालयमा भने सहरका निजी विद्यालयमा जस्तै अंग्रेजीमा पढाइ हुन्छ। गाउँमा पहिलोपटक स्थापना गरएिको लोकतन्त्र प्राविमा अंग्रेजी माध्यममा शुल्कबिनै पढाउने गरएिको हो। त्यस विद्यालयमा निजी विद्यालयमा पढाइने अंग्रेजी माध्यमका पुस्तक प्ाढाइन्छ। कक्षा ३ सम्म सञ्चालित विद्यालयमा ८३ जना विद्यार्थी छन्, जसमध्ये ६० प्रतिशत दलित हुन्। जिल्ला शिक्षा कार्यालयले दिएको एक शिक्षकको राहत दरबन्दीबाट चार शिक्षक र एक परचिारकिालाई तलब खुवाउने गरएिको विद्यालयका संस्थापक हर िन्यौपाने बताउँछन्।

गाविसमै पहिलोपटक स्थापना गरएिको अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा यस वर्ष विद्यार्थी संख्या वृद्धि भएको छ। गाउँमै अंग्रेजी माध्यमको विद्यालय खुलेपछि गाउँलेहरू पनि खुसी छन्।

स्थानीय तरुण युवा क्लबले दिएको दुई रोपनी जग्गासहितको घरमा स्थापना गरएिको विद्यालयमा कुनै शुल्क नलिई सरकारी विद्यालयको नियम अनुसार पढाइन्छ। विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई विद्यालय आफैँले किताब किनेर दिएको व्यवस्थापन समितिका अध्यक्ष जयलाल पौडेल बताउँछन्।
साभार :- कान्तिपुर

No comments:

Post a Comment