म्याग्दी, ९ माघ । पाउद्धारका बाबुराम बि.क दुई बर्षअघि आफ्नै गाउंको प्रसिद्ध खयरबराही तालमा पूजापाठका लागि जाँदा उपल्लो जातबाट र्दुव्यहार खेप्न बाध्य भए । उनले त्यहाँ न दर्शन गर्न पाए, नत आफुले लगेको प्रसाद चढाउन नै पाए । उल्टै गाउँमा फर्केपछि एक हुल अपरिचित युवाहरुले ‘कामी भएर पनि किन खयरबराही गईस्’ भन्दै कुटपिट गरे । रोजगारको सिलसिलमा हाल विदेश रहेका वि.क त्यो घटना सम्झंदा भावुक बन्छन् । ‘त्यसपछि गाउँको विकासमा मेरो मनै म¥यो, यो कुरा बाहिर भन्दा पनि डराउनुपर्ने अवस्था छ, उनी भन्छन्, ‘हामीले कहिलेसम्म यस्तो विभेद सहनुपर्ने हो ?’ म्याग्दीको शिख गाविसमा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खयरबराही तालमा दलित समुदायलाई अझैपनि प्रवेश निषेध छ ।
उच्च भु–भागामा अवस्थित खयरबराही तालमा दर्शन र पूजापाठ गरे भित्री मनोकांक्षा पूरा हुने जनविश्वासले बर्षेनी ‘हाम्रो गाउँ ठाउँको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ, तर किन हो किन हामीलाई जानै दिदैन्, हामी एकदमै अन्यायमा परेका छौँ, ति अगुवाले भने । स्रोतका अनुसार, शिख, घार, पाउद्धार, भुरुङ–तातोपानी, दाना, नारच्याङ क्षेत्रका दलित समुदायलाई उक्त तालमा दर्शन गर्न निषेध छ । राज्यले छुवाछुट अन्त्यको घोषणा गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन फितलो रहेको एउटा उदाहरण भएको भन्दै ति दलित अगुवाले आफुहरुको समस्या समाधान र मन्दिरमा अन्य जस्तो सहज पहुँचको व्यवस्थाका लागि दबाब दिन आग्रह समेत गरेका छन् । खयरबराही ताल निर्माण समितिका सदस्य कृष्ण तिलिजाले समितिको निर्णय बमोजिम नै दलित समुदायलाई मन्दिरमा प्रवेश नदिईएको बताए । परापूर्वकाल देखि नै दलित समुदायलाई जान नदिईएको भन्दै उनले दलितको बानीव्यहोराका कारण पनि समिति यस्तो निर्णयलाई निरन्तरता दिन बाध्य भएको जानकारी दिए ।
‘यहि गाउँकै दलितहरुले पञ्चायतकालमा पनि त्यहाँबाट थुप्रै बहुमुल्य सामानहरु चोरेर ल्याएका थिए, त्यसपछि केहि समयपछि ३ बोरा त्यस्तै खाल सामान दलितहरु नै चोरेका थाहा पाएपछि घोरेपानी प्रहरीलाई खबर ग¥यौँ, उनी भन्छन्, ‘पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ति दलित चोरहरुलाई समात्न सफल भयौँ, त्यसैले दलितहरुले पनि यस्तो चोर प्रवृत्ति देखाउनुहुन्न ।’
दलितहरुलाई खयरबराही तालमा प्रवेश दिईए गाउँमा अनिष्ट हुने र बाढीपहिरो जाने जस्ता समस्याहरु देखिने स्थानीय भिम बहादुर तिलिजाले बताए । ‘दलितहरु सामान चोरेको बर्षमा गाउँमा बाढीपहिरो पनि गयो, अन्नबालीपनि कम फल्यो, त्यसैले तल्लो जातलाई त्यहाँ जान दिनुहुदैन्, तिलिजाले भने । खयरबराही तालमा दलितका अतिरिक्त महिला, गर्भवति भएको घरका सदस्य, घरका सदस्य मृत्यु भएको बर्षदिन नपुगेका जस्ता व्यक्तिहरुलाई जान नदिईएको समितिले जनाएको छ । पाउद्धारबाट खयरबराही ताल पुग्न हिड्न सक्नेलाई एकदिन र उमेर अलि ढल्केकालाई दुई लाग्दछ । जिल्ला सदरमुकामबाट बेनी–जोमसोम सडकखण्ड अन्र्तगत पोखरेवगरसम्म सवारी र त्यसपछि पैदलबाट पाउद्धार पुगेपछि खोप्रालेक हुदै उक्त तालमा पुग्न सकिन्छ । सफा, सुग्घर देखि ताल आफैमा रहस्मय छ । जनैपूर्णिमा दिन बर्षेनी ६ सयको हाराहारीमा बली दिईन्छ भने करिब १५ सय भन्दा बढी भक्तजन तथा आन्तरिक पर्यटकहरु दर्शनका लागि त्यहाँ पुग्ने गरेको समितिले जनाएको छ । गाविसका सचिब तारानाथ सुवेदीले गाउँमा केहि बर्ष पहिला कुटपिट सम्बन्धी घटना घटेको भन्दै सबै मिलेर दलितहरुको सहज पहुँचका लागि पहल गरिनुपर्ने बताए । ‘यो विषयमा स्थानीयबासी नै अग्रसर हुनुपर्ने जरुरी छ, उनले भने ।
बराही मन्दिरलाई सहयोग
जिल्लामा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको पहिचान बनाएको बराही तालको संरक्षण र सम्बद्र्धनका लागि पाउद्धार र शिखबासी सक्रिय भएर लागि परेका छन् । पर्यटकीय क्षेत्र पर्ने यी गाविसबाट विश्वका विभिन्न देशका पुगेका स्थानीयले पनि मन्दिरको प्रचारप्रसारका लागि पदमार्ग निर्माण देखि मन्दिरको संरक्षणका लागि सहयोग गरिरहेका छन् । पाउद्धारका स्थानीयले प्रतिघर धुरी २ सय रुपैयाँ सहयोग संकलन गरेर मन्दिरलाई व्यवस्थित बनाउन काम गरिएको छ । स्थानीयको यो प्रयासलाई पाउद्धार, काठमाडौँ–पोखरा सम्पर्क मञ्च, काठमाडौँ–पोखरा सम्पर्क मञ्च र पाउद्धार–यूके सम्पर्क मञ्च जस्ता सामाजिक संघसंस्थाहरु पनि सक्रिय रहेका छन् । २०६८÷६९ मा मन्दिरको व्यवस्थापन र त्यहाँ सम्म दर्शन र पुजापाठका लागि भनेर समितिले करिब ३४ लाख रुपैयाँ खर्च गरिएको खयरबराही ताल निर्माण संरक्षण समितिका सदस्य कृष्ण तिलिजाले जानकारी दिए । ‘आगामी दिनमा त्यहाँ सम्म जान बाटोहरुलाई थप फराकिलो बनाउने र सबैको सहज पहुँचका लागि काम गर्ने योजना छ, समितिका सदस्य तिलिजाले भने ।
राज्यले आफ्नो भूमिका निभाउनुप¥यो
दलित अधिकारकर्मीहरुले यसलाई राज्यले जाहेर गरेका प्रतिबद्धताहरु पुरा गर्न नसक्दा आएको प्रतिफलको रुपमा लिएका छन् । उनीहरुले अझै पनि छुवाछुत समाजको मूख्य समस्याको रुपमा रहेको भन्दै त्यसलाई न्यूनीकरणका लागि एकजुट भएर अघि बढनुपर्ने बताएका छन् । नेपाल दलित संघका अध्यक्ष टेक बहादुर विश्वकर्माले राज्यले आफ्नो दायित्व पूरा गर्न नसक्दा समस्या आईरहेको बताए । आफुहरुले गाउँ र जिल्ला तहमा विभिन्न ढंगबाट दबाब दिने काम गरिरहेको भन्दै तत्काल दबाबमुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । ‘यस्ता सवालहरु आयो भने हामीले जिल्ला प्रहरी देखि प्रशासन कार्यालयसम्म लबिङ गर्छौ, यति गरेर पनि भएन भने हामी केन्द्रमा जान्छौँ, उनले भने । नेकपा–माओबादीका टेक बहादुर विकले हक अधिकारकै लागि जीवनभर लडेको भन्दै जिल्लामा अझैपनि छुवाछुत टड्कारो समस्याको रुपमा रहेको चर्चा गर्दै उनले एक्लै लडेर नसकिने बताए । ‘गाउ–गाउँमा यस्ता समस्याहरु थुप्रै छन्, तिनीहरुलाई हटाउन सबै एकजुट हुनुपर्ने अवस्था छ, उनले भने, ‘दलितहरु पनि आफ्नो अधिकारी यो हो भन्ने विषयमा स्पष्ट हुनुपर्छ ।’
यस्तो छ ऐनमा
जनैपूर्णिमाका दिन भक्तजन तथा आन्तरिक पर्यटकको ठुलो घुईचो लाग्ने गर्दछ । समाजबाटै तिरस्कार र असहयोग हुने डरले ति क्षेत्रका दलितहरु यस विषयमा खुलेर बोल्न सकिरहेका छैनन् । कथित उपल्लो जातका अगुवाहरुले नै आफुहरुलाई मन्दिर जान नदिने गरेको नाम उल्लेख नगर्ने शर्तमा पाउद्धारका ५१ बर्षीय एक दलित अगुवाले बताए । ‘यस विषयमा हामीले यहाँको वैठकहरुमा कहिलेकाँही कुरा उठाउँछौँ, तर, उहाँहरु मान्नुहुन्न, उनी भन्छन्, ‘हामी चिनेजानेकालाई मात्रै हो, बाहिरबाट कोही अपरिचित दलित आयो भने उसलाई जान दिन्छन् ।’ बाबुरामलाई कुटपिट भएपछि आफुहरुले सामुहिक रुपमा ति आवाज उठाएपछि कुनै सुनुवाई नभएको उनको भनाई छ ।
साभार :- म्याग्दी अँनलाइन
No comments:
Post a Comment