बेलबारी घटनामा जातीय छुवाछूत मुद्दा अदालतमा दर्ता

मोरङ । ०७० साउन २९ गते
प्रहरीले बेलबारी गाविस-३ करमडाँडाकी ३५ वर्षीया माया सार्की र सोही ठाउँ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मामाथि गरिएको अमानवीय व्यवहारको घटनामा संलग्न भएको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी उजुरी साउन २९ गते दर्ता गरेको छ ।

सो घटनामा बेलबारी गाविस-३ का जीवन भेटुवालचन्द्रकला भेटवालअम्बिका भेटवालसेविका भेटवालकविन्द्र प्रर्साईँलगायत विरुद्ध मुद्दा गरेको जिल्ला सरकारी वकिल गोकुल निरौलाले बताए । आरोपितहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । उनीहरूविरुद्ध सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत अर्को मुद्दा पनि लागेको छ । घटना साउन ७ गते भएको थियो । सो दिन पीडित माया र मनोजलाई मोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरिएको थियो । पीडित माया विराटनगरस्थित ओरेकको सुरक्षित गृहमा रहेकी छन् । मनोज आफ्नै घरमा छन् ।

No comments:

Post a Comment