दलित दलित बिचको छुवाछुत

छुवाछुत शब्द सुन्दा नै कस्तो अनौठो लाग्ने गर्छ । तर के गर्नु यो शब्द हाम्रो जिन्दगीबाट कहिल्यै पनि नअलग्गिने भयो ! यो छुवाछुतको चलन प्राचिन समयदेखि चल्दै आएको हो तर यसको बिरोध पनि हुँदै आएको छ । छुवाछुत भन्न साथ प्राय लाग्ने गर्छ कि वाहुन, क्षेत्री (ठकुरी) हरुले कामी दमाईंहरुलाई नै गरेका होलान भनेर तर छुवाछुत त यँहा सम्म हुन्छ कि आफै दलितले नै दलितहरुलाई घरमा पस्न समेत दिदैनन र कतै त पानी भर्ने ईनार या पोखरी नै दलित दलितहरुको फरक हुने गर्छ । त्यति मात्र कँहा हो र ! त्यही पानी भर्ने पोखरी पनि दलित हेरेर सानो र ठुलो हुने गर्दछन । अब आफै सोच्नुहोस त यदी आफै दलित दलितले छुवाछुतको भावना राख्छन भने सदियौं देखि चल्दै आएको ठुलो र सानो जाति बिचको दुरी कति टाढा हुन्छ होला ? दलितहरुमा पनि कामी, दमाईंहरु भन्दा चोखो मानिन्छ साएद त्यसैले गर्दा होला दमाईंहरुले छोएको कामीहरुले प्राय खादिनन् र घर भित्र जान समेत दिदैनन् । आफु यसो गर्ने यी दलितहरुले हामी सबै मान्छे हौं हामीलाई समान ब्यबहार गर भन्न सुहाउछ त ?
यदी यस्तो घटना भएको सबैलाई थाहा भयो भने त अहिले जसले जात-भात केहि होइन भन्ने मानेका छन् तिनीहरु नै ए हामी त गलत रहेछौ भन्नेछन र यो छुवाछुतको चलनले झन् विकराल रुप लिनेछ । भर्खर मात्र भान्छा छोएको आरोपमा २ दलित कुटिएका छन् र भान्छा छोइयो भनेर कुनै वाहुन, क्षेत्रेले कुटेका होइनन । कुट्ने त दलित वर्गकै वि.क. जाति हुन् । आफु आफु मिलेर छुवाछुत कम गर्नको साटो आफै आफैमा लड्दै छन् । आइमाई को शत्रु आइमाई नै हुन्छ भने जस्तै यँहा दलितको शत्रु दलितनै देखिएको छ । 
यस्तो घटना हुँदा यसले समाजलाई कस्तो असर गर्ला ? २५० वर्ष पहिले पृथिवी नारायण शाहले नेपाल ४ जात ३६ वर्ण को साझा फुलबारी हो भनेर भनेका थिए । त्यति वर्ष पहिला पनि यी राजाले हामी सब समान छौ, जसरी एउटा फूलबारीमा अनेक थरिका फूल हुन्छन र सबको जात अलग अलग भए पनि समान रुपमा रहेका हुन्छन त्यसरी नै हामी नेपालीहरु पनि समान छौं । उनको विचार कस्तो थियो त्यो त यही बाट थाहा हुन्छ र यो त एउटा प्रसङ्ग बस आएको कुरा हो । मैले यसो भन्दैमा उनको समर्थन गरेको या राजाबादी भएको चाँही होइन मैले त दबाइएको यथार्थ मात्र भनेको हुँ। जब त्यति वर्ष पहिला पनि यस्तो सोचाई थियो भने अहिले हामी त त्यो भन्दा पनि अझ पछी धकेलिएछौ । अहिलेको आधुनिक युगमा पनि हामी यही झिनो मसिनो कुरामा अल्झिरहेका छौं ।
हाम्रो नेपालको कहाँ विकाश भयो त ? जसरी ईनारको भ्यगुता जति प्रयास गरे पनि ईनारदेखी बाहिर आउन सक्दिन त्यसरी नै हामीले पनि जति जातिगत कुराहरु बेकार हुन् भनेर माथि उठ्न खोज्दा पनि त्यही दलदल मै फसिरहेका छौं । अहिले पिटिने दलितलाई यिनै वि.क जातीले आफ्नो बिहेको भोजमा बोलाएका थिएँ र आफै भान्छा छोएको आरोप लगएर हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुराईदिए । अब आफै भन्नुहोस त दलितले दलितले छोएको खादिन भनेर कुट्छन भने वाहुन, क्षेत्रीहरुले यसो गर्नु के गलत हो ? वाहुन क्षेत्रीले छुवाछुत गरे भने यसलाई ठुलै मुद्दा बनाइन्छ तर दलितले दलितलाइ गर्दा चाहिँ केहि पनि नभए जस्तो गर्छन आखिर किन ? छुवाछुतलाई निर्मुलिकरण गर्नको लागि सुरु आफै बाट गर्नु पर्छ त्यसैले दलित दलित लडेर होइन मिलेर अगाडी बढ्नुपर्छ । अनि मात्र हामी सब एकै हौँ भन्न सकिन्छ ।source -kurakaniz

No comments:

Post a Comment