हिजो मुलुकी ऐन दिवस रहेछ मलाई त पत्तै
भएन…बी बी सी मा यस कुमारको नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन बजे
पछि पो था भो मुलकी ऐन दिवस भन्ने दिन पनि हुदो र छ हाम्रो नेपाल मा.. अरु
कुरा त मलाई था छैन तर यो मुलकी ऐन भन्नेले जातिपाति भेदभाव लाई दण्डनीय
अपराध मानेको भन्ने चाहि मलाई था छ.. तर पचास बर्षको मुलकी ऐन पछि पनि हामी
अझै मुलकी ऐन दिवस जातीय बिभेद नगरौ भनेर मनाउदै छौ… यसको अर्थ के हो ?
मैले
सुनेको बिदेशीहरुलाई नेपालको सबैभन्दा आश्चर्य लाग्ने कुरा हिन्दु धर्म मा
आधारित बर्णाश्रम जातीय प्रथा हो रे.. कसरी एउटा मान्छेले छुदा अर्को
मान्छे बिटुलो हन्छ ? कसरी कोही जन्मदै ठुलो र सानो जाति हुन्छ ? मैले नै
हेर्दा पनि जातीय छुवाछुत र भेदभाव सबैभन्दा अमानवीय बर्बर सामाजिक
व्यवस्था हो शुद्र ले बेदको मन्त्र सुन्यो भनेर पगालेको सिसा कान भित्र
खन्याईदिने भगवान रामलाई मर्यादा पुरुपोत्तम मान्ने पाखण्डी हिन्दु समाजले
दलितमाथि गर्ने यातना अस्वभाविक पनि देखिदैन… तर आश्चर्य जति आदिवासी
जनजाति वा मधेसी अधिकार को कुरा नारा र आन्दोलन उठेका छन् दलित बर्गका
समस्या कता कता ओझेल मा परेका छन् किन ?
मधेशीमा
होस वा पहाडी, मतवाली होस वा तागाधारी जातीय भेदभाव र छुवाछुत सबै
क्षेत्रमा छ.. त्यस हिसावले दलितमा गनिने वर्गहरु सामुहिक रुपमा झन बलियो
हुन पर्ने हो.. तर उनीहरु बिभाजित छन् मधेशी पहाडी जनजाति आदि छुट्टा
छुट्टै वर्गमा… अरुका कुरै छाडौ सामाजिक न्यायका लागि तुलनात्मक रुपले
प्रष्ट एजेण्डा भएको माओवादीले पनि जति जनजातिय र मधेशी अधिकारको कुरा सफल
रुपमा उठाएको छ त्यति नै प्रष्ट रुपमा दलित मुद्दा उठाउन सकेको छैन
नत्रभने
१५ वर्षदेखि जनसरकार चलाएको माओवादीको आधार ईलाका सुदुर पश्चिममा अहिले
सम्म पनि मन्दिर प्रवेश गर्न प्रतिबन्ध र सिनो खान किन बाध्य गरिन्छ ?
तेसैगरी मेरो बिचारमा तराई मधेश का दलितहरु पहाडका दलित भन्दा पनि झनै
अमानवीय अवस्थामा छन्.. गाउमा एउटा निश्चित टोलमा मात्र अत्यन्त फोहोर
वातावरणमा सुगुर आदि जनावर सगै बस्न र सिनो खाने काम मात्र गर्न दबाब
दिईन्छ… हिजै प्रकाशित संयुक्त राष्ट्र संघको प्रतिबेदनले पनि तेसै भन्छ
माओवादीहरुले
ब्राह्मणवादको चर्को विरोध त गरे तर त्यो नाकचुच्चे र नाक थेप्चे को
अर्थमा मात्र सफल भयो.. माओवादी बाहेक का अरु दलको त अन्य सामाजीक मुद्दामा
जस्तै दलित मुद्दा मा पनि कुनै दृष्टिकोण नै छैन.. माओवादी भित्रै पनि
नेतृत्व पंक्तिमा बाहुनबादले जरो गाडेको छ.. मैले एकदिन दारी काट्दा तराइ
मुलका बुढा हजामलाई भने कम्युनिष्ट र खासगरी माओवादी ले त दलित मुद्दा लाई
उठाएका छन्.. केही उच्च जातिका कम्युनिष्टले दलितसंग विहे पनि गरेका छन्
भन्दा उनले भने तपाईले कुनै कम्युनिष्ट नेताले दलित कि छोरीलाई बुहारी
बनाएर भित्राएको देख्नुभएको छ ? कुनै माओवादीले आफ्नो बुवाआमा र दलितलाई
संगै बसाएर खाना खाएको सुन्नुभाको छ ? हिजो यस कुमारले बी बी सी मा मलाई
ठुला नेताहरुले सार्वजनिक रुपमै सम्मान गर्नु हुन्छ तर म भन्छु मलाई आफ्नो
घरमा स्वीकार गर्नुस् भनेको सुन्दा मैले तिनै हजामलाई सम्झे
दलितहरुको
अवस्थामा सुधार नआउनको एउटा कारण जनजाति र मधेशीको जस्तो उनीहरुको छुट्टै
सशस्त्र आन्दोलन वा संगठन् नभएकोले हुनुपर्दछ.. दलितहरुले जहिले पनि मधेशी
वा जनजातिय वा वर्गीय मुक्तिको खेमाहरुमा बिभाजित भएर सशस्त्र वा निशस्त्र
आन्दोलन गरे.. तर मधेशी पहाडी वा अन्य दलित बर्गहरु सांगठनिक रुपमै एक भएर
जातिय समानताकै लागि भनेर अहिले सम्म पनि निशस्त्र वा शसस्त्र आन्दोलन
गरेका छैनन्.. दलितहरु भित्र कै समस्या उनीहरु बीचमै पनि सानो र ठुलो जात
को भेदभाव हुन हो.. केही दलित जातिहरु आफुलाई अरु दलित जाति भन्दा ठुलो
ठान्छन् तिनीहरु दलित भित्रकै बाहुन हुन्.. अर्को समस्या दलितहरुले सरसफाई र
शिक्षामा ध्यान नदिनु हो !
तेसैले
दलितहरु ले अब आफै अग्रसर भएर सामाजीक आन्दोलन गर्न ढिला गर्न हुदैन…बिचार
मिल्ने दलितहरुले मधेशी पहाडी सानो र ठुलो भेद्भाव हटाई एकजुट भएर शुरुमा
निशस्त्र र आवश्यक परे शसस्त्र आन्दोलन शुरु गरिहाल्नुपर्दछ… त्यसका साथै
जातीय विभेद मार्फत आत्मोन्नति गर्न नदिने हिन्दु धर्म दलितहरुले मानिरहन
पर्छ भन्ने पनि छैन्… दलित् समुदायले स्वेच्छाले बिभेदकारी हिन्दु
बर्णाश्रम छाडेर जातिय बिभेद नगरिने बौध्द वा क्रिस्चियन धर्म परिवर्तन गरे
हुन्छ !
source:-hamronepalma
No comments:
Post a Comment