बेलबारी घटनाका पाँच आरोपित गिरफ्तार

मोरङ । ०७० साउन २७ गते
प्रहरीले बेलबारी गाविस-३ करमडाँडाकी ३५ वर्षीया माया सार्की र सोही ठाउँ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मामाथि गरिएको अमानवीय व्यवहारको घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई साउन २६ गते गिरफ्तार गरिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार गिरफ्तार हुनेहरूमा बेलबारी गाविस-३ स्थित करमडाँडाका हरि बस्नेततारा सुवेदी,टंकमाया प्रसाईराजन सुवेदी र मैया सुवदी रहेका छन् । उनीहरूलाई प्रहरीले पछिल्लो अनुसन्धानका क्रममा घरैबाट गिरफ्तार गरेको हो । प्रहरीले यसअघि सोही घटनामा संलग्न भएको आरोपमा १२ जनालाई गिरफ्तार गरिसकेको छ ।

उनीहरूलाई सार्वजनिक अपराध र जातीय छुवाछूतविरुद्धको ऐनअर्न्तर्गत अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख नविन कार्कीले बताए । प्रहरीले बलात्कार प्रयासजातीय छुवाछूतविरुद्धको अपराधकेही सार्वजनिक ऐन र विद्युतीय अपराध गरी चार ओटा मुद्दाअर्न्तर्गत अनुसन्धान जारी राखेको प्रमुख कार्कीकेा भनाइ छ ।पीडितद्वयलाई साउन ७ गते स्थानीयले मोसो दलेर जुत्ताको माला लगाइ कुटपिट गरेका थिए । 

No comments:

Post a Comment