६१ का दलित बेहुलाले आधा उमेरकी यादब थरकी बेहुली संग प्रेम बिबाह गरे

राजविराज, साउन २६ – प्रेमलाई उमेरले छेक्दैन, न यसको कुनै सिमा हुन्छ भन्ने तथ्यलाई पुष्टि गरिदिए सप्तरीका एक प्रेमजोडीले ।
बेहुला ६१ का बेहुली ३० की, बेहुला दलित समुदायका बेहुली यादव समुदायकी, बेहुला सेतै कपाल फुलेका, दाँत झर्न थालेका र अनुहार चायाँ परेका, तर बेहुली युवती । तैपनि गएको बुधबार उनीहरुवीच स्थानीय भगवती मन्दिरमा बिबाह भयो, गाउँलेले ताली बजाएर खुशी ब्यक्त गरे ।
सप्तरीको नकटी रायपुर १ पौवाका ६१ बर्षिय छुतहरु खंगले सप्तरीकै नर्घो २ की ३० बर्षकी सुनिता यादवसँग नयाँ घरजम गरेपछि अहिले यो विषय निकै चर्चा पाएको छ । आफु भन्दा ३१ वर्ष कम उमेरकी महिलासँग विहे गरेर बृद्ध खंग दंग परेका छन् ।
विवाह स्थलमा वडो प्रसन्न मुद्रामा देखिएका बृद्ध बेहुला खंगले सञ्चारकर्मीहरु सित भन्नुभयो ‘मायाप्रिती बसेकाले विवाह गर्ने निर्णयमा पुग्यौ ।’ सेता कपाल फुलेको र दाँत झर्न लागेको उमेरमा किन विहे गर्नु भएको ? पत्रकारको  जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो ‘दुवै एक्लै जीवन विताइरहेका थियौ, आफ्नो वंश बढाउन र सुनितालाई सहारा दिन यस्तो निर्णय गरेको हुँ ।’ एक छोराका वावु खंगकी पत्नीको १८ वर्षअघि निधन भएको थियो । वुढेसकालका सहारा एक मात्र सन्तानको पनि १० वर्षअघि दुर्घटनामा परी ज्यान गएपछि खंग एक्लै पर्नुभएको थियो ।
उता सुनिताका श्रीमानले पनि घरायसी कलहमा र पटक–पटक विरामी पर्ने गरेको भन्दै उनलाई पाँच वर्षअघि छाडेपछि सुनिता पनि साहाराको खोजीमा भौतारिनुभएको थियो ।
यसैक्रममा खंगसँग सुनिताको भेट भयो । चार महिनादेखि उनी खंगकै घरमा शरण लिई बस्नुभएको थियो । ‘हामीबीच मायाप्रिति बढ्दै गयो र गाउँमा खासकुस हुन थालेपछि बदनामीवाट जोगिन पनि विवाह गर्ने निर्णयमा पुग्यौ’ बेहुली सुनिताले भन्नुभयो ।
खंगले बाँकी जीवन खुशी साथ विताउन र एक अर्काको साहारा बन्न विवाह गरेको बताउनुभयो ‘सुनिता पनि वेसहारा थिइन्, गाउँका आवारा केटाहरु एक्लै पाएपछि जिस्काउने र दुर्व्यवहार प्रयास गर्थे’ खंगले भन्नुभयो ‘त्यसैले विवाह गरेँ ।’
सुनिताले पनि संगै बस्दा माया बसेको र खंगले प्रस्ताब राखेपछि स्वीकार गरेको बताउनुभयो । ‘पत्नीको मृत्यू हुँदा अर्की ल्याउन हुने तर पतिले छाड्दा अर्को विवाह किन गर्न नहुने ?’ सुनिताले भन्नुभयो । हातमा बोकेको माला र सिन्दुर बृद्ध खंगले सुनितालाई लगाई दिएपछि उपस्थित गाउँलेले ताली बजाएर बिबाह सकिएको थियो ।

No comments:

Post a Comment