यो देशमा दलितहरूलाई सबै बर्ण र जातकाले सताएका छन्

महिला हिंसाको चरम निकृष्ट नमूना हो बेलबारी घटना। जसले बलात्कारको प्रयास गर्छ, उसैले यो कल्पनीय, अमानवीय घटना गराउने र उसै यैानपिपासूलाई साथ दिने आसेपासे महिलाहरूलाई धिक्कार छ। यो देशमा दलितहरूलाई सबै बर्ण र जातकाले सताएका छन्। त्यसमा पनि दलित महिला सबैभन्दा पीडित छन्। महिलाहरूले नै महिलामाथिको अत्याचारको बिरोध गर्न त कता हो कता? अपराधीको साथ दिएको थाहा पाउँदा महिला नै पनि महिलाका उत्तिकै पीडक भएको प्रष्ट हुन्छ।

No comments:

Post a Comment