प्रेम सुनार, गुल्मी । वावु आमाको मृत्यु भयो । दाजु भाईले फर्केर हेरेनन् । गाउँका पुँजीपतिको घरमा हलि गोठाल्याँई गर्न थाले । विवाह पनि गरे तर घर सम्पत्ति न देखे पछि केहि समय पछि छोडिन दुलहीले । फेरी अर्को विवाह गरे । उनले पनि १५ महिना पछि छाडिन् । यसरी जिवन देखि नै वितृष्ण भएका गुल्मी हस्तीचौर गाविस २ हर्पुकोटका खड्गबहाहदुर ठडराई ( सार्की ) गाउँ घर छाडेको २२ वर्ष भयो । कहिले सडक त कहिले कसैको दलानमा वास वस्दै आएका उनि केहि महिना यता सदरमुकाम तम्घास ८ को भुजेलखर्कस्थित भिरको विचमा पर्ने ओढारमा वास जमाएका छन् । अहिले ९१ वर्ष पुगेका उनि धेरै जसो भोकै वस्छन तर कसैले दयाले दिएको खाने कुरा र पैसा लिन पटक्कै चाहन्नन् । गाउँको याद आउँदैन ? भन्ने प्रश्नमा उनले भने आएर के गर्नु आफनो भन्नेले नै फर्केर नहेरे पछि २२ वर्ष भयो त्यो गाउँ माया मारेर छाडेको ।
आmनैले त फर्केर हेरेनन भने पराईले दिएको दयाको गास खान्न भन्ने जिद्धि गर्छन् उनि । कतिपय चौरासी पुजा गरेका बृद्ध बृद्धाहरु थातैमा दिशा विशाव पनि गर्छन तर ९० को नेटो काटेका उनि काम गरेरै जिविका गर्ने अठोटका साथ अहिले ज्यानले सक्ने काम डोको बुन्ने गरेका छन् ।ओढारमा वाँस लैजान्छन् मागेर किनेर । पातलो कपडा थुर्थुरी काँप्दै अगेनाका डिलमा वसेर चोयाँ काड्छन् विहनामा र दिउँसो डोको बुन्न थाल्छन् । ओढारमा उनि त्यातिकै वसेनन् । त्यो खरायन कसको हो सोधपुछ गरे ।अन्ततः भुजेलखर्कका एक जना विश्वकर्मा र नजिकै रहेको एमकला पाण्डेको आधा आधामा त्यो ओढार पर्छ भन्ने बुझेर उनिहरुसंग मागेर बस्न थालेका हुन् । त्यतिकै कसैकोमा वस्न हुँदैन भन्ने उनि त्यस ओढारका मासिक भाडा तिर्ने पक्षमा छन् तर जग्गवालाहरु लिन चाहन्नन् ।
यो चिसो मौसम रातमा जाडोले कठाग्रीएको देखेर एमकलाका परिवारले सिरक दिन खोजे तर उनले लिएनन् । आफनो वोरमा अट्ने जे कपडा छन् तिनैले गुजरा चलाउन चाहन्छन् । पकाउने भाँडा पनि जम्म एउटा सिल्टीको डेक्सी छ । एउटा थाल र गिलास छ । ओढार पनि एउटा ब्यवस्थीत घर वगैचा बनाउँदै छन् उनि ।घरमा वस्नेहरु कतिपयले ब्यवस्थीत शौचालय बनाएका छैनन् तर उनले ओढारमा वस्नेले नजिकै ब्यवस्थीत शौचालय बनाएका छन् । मुल ओछ्यान , चुलो, दाउरा राख्ने ठाउँ र थप व्यवस्थीत गर्नका लागि वाँसहरु ल्याएका छन् । उनि पटक्कै मान्दैनन् कसैले दयाले दिएका कुरा लिन । यस । उल्टै गाली दिएर गै हाल भनेर हप्काए । तल मोटर बाटोबाट उनको ओढारमा जाने बाटो छैन् । भिरमा खरका गाँजहरु समात्दै ओढारमा पुग्दा उनले हान्ने गोरुले झै हेरे । किन आको ? ठाडो ठाडो स्वरमा उनले सोधे । तपाईलाई केहि सहयोग गर्न सकिन्थ्यो कि भनेर भन्न नपाउँदै खाउँला जस्तो गरेर नराम्रो सित हप्काए उनले । खुव सहयोग गर्ने भाकाहरु...........आफनैले त मलाई फर्केर हेरेनन् अझ पराईले सहयोग..............यस्तै यस्तै थनथन गर्न थाले उनि ।
तपाईका आफन कोहि छैनन् । विरामी पर्दा कसले उपचार गर्छ त ? भन्ने प्रश्नमा उनको छोटो जवाफ थियो ईस्वरले । मानिसहरुलाई सख्त घृणा गर्ने उनि ईस्वरप्रति भने अझै वितृष्ण भएका छैनन् श्रद्धा राख्दो रहेछन् । बनाउने पनि ईस्वर विगार्ने पनि ईस्वर आफन्तसंग जोडाउने पनि ईस्वर छोडाउने पनि ईस्वर..उनको यस्तो कथन थियो । मानिसहरु मध्ये उनले बढि घृणा महिलालाई गर्दा रहेछन् । उनलाई धोका दिएर होला विवाहको कुरा गर्दा नराम्रो संग जर्किन्छन् । यो कुरै नगर , गई हाल , आईमाईको कुरै नगर उनिहरुका कुरा बुझनै सकिन्न उनले यस्तो वितृष्णा पोखे । अव उनलाई मान्छे भन्ने जातसंग वस्न, वोल्न मन छैन् । वरु उनि जंगली जनवरसंग रमाउलान उनैलाई माया गर्लान तर मान्छे देख्यो कि भाग्न थाल्छन् ।
उनिसंग जो पायो उहि मान्छे बढि पाँच मिनेट वोल्न सक्दैन् । आफनो जफावको सवाल कुर्न दश पन्ध्र मिनेट पर्खिनु पर्छ ,त्यो पनि छोटो र अपुरो । उनको ओंठमा वाउ आमा, दाजु भाई, नाता गोता र गाउँका भलादमीलाई सम्वोधन गर्दा अस्लील शब्द झुण्डीएका छ । ...........ति .......को कुरै नगर वावु गाई हाल मेरो जिजुवाजेको अंश समेत उनिहरुलाई नै छोडेर आएको छु उनले भने के गरुँ त मेरा कोेहि प्रतिनिधी नै नभए पछि । उनका अनुसार उनका वाजेहरु कुँवर थरका क्षेत्रि थिए । पछि तल्ला जातकी केटी विवाह गरे पछि उनको परिवारको जात घटाएर उनि सार्की भएका हुन् । उनिहरुको जात घटाई दिएको आक्रोष पनि उनिसंग त्यति कै छ । भने जाात घटाई दिए पनि म चार जात मध्येको एक जात त पक्कै हुँला । .........हरुले जात घटाई दिए ।
उनिहरु जर्नेल सम्म भए । उनिहरु अहिले कस्ता छन् र म के छु भन्ने कुरा उनिहरुलाई पनि थाह छ मलाई पनि थाह छ , भन्न किन परो र उनले मुख विगार्दै भने । उनको आवाजमा परिचय माग्न मात्रै झण्डै एक घण्टा कुर्नु प यो । प्रेम र विवाहकावारेमा कुरो उठायो कि बुढाले उठेर मुड्की उठाए भनेर जाने हुन्छ । त्यो सोध्नु भनेको उनको पारो तताउनु हो ।प्रेम र विवाह , अंश र दाजु भाई उनलाई जिवन देखि नै वितृष्ण पार्ने कारक तत्व भएको प्रष्ट बुझ्न सकिन्छ । उनहरु तिन भाई हुन् । सवै दिल्लीतिर छन् । बाबु आमा उनि गाउँ मै छँदा मृत्यु भएका हुन् । ....वाउ भाकोले पनि सताएरै मरेको हो , त्यस्तो .........लाई के सम्झनु उनले कटकिदै भने ।
अघिल्लो दिन साँझ उनि धेरै नवोले पछि मंगलवार विहानै पुग्दा गाउँ न उठदै उनले ओढारलाई आलिसान महल ठानेर बढार्ने, ओछ्यान मिलाउने काम सकेर चुलोमा धुनी लुख्री गर्दै थिए । त्यस्तै एक मुठी चामलमा नुन हालेर पकाएका रहेछन् । हामीलाई देख्न साथ आत्ति आत्ति खान थाले डेक्सी सितै । त्यो सकेर दुध ल्याएका रहेछन् त्यो पनि हामी ओढारका डिलमा उभिदा उभिदै पिई हाले र वल्ल हान्ने गोरुले झै नजर दिए ।
उनको अनौठो स्वाभको खवर सोमवार साँझ रेडियो कार्यक्रम ओझेलका खवरमा सुने पछि हेर्न जाने महिला र विद्यार्थीहरुको विहानै देखि ओढारमा घुईचो छ । एउटी महिलाले धोका दिदा एउटा पुरुषको हालत यस्तो पनि हुन्छ भन्ने उदाहरणका पात्र उनलाई देखे बुझे पछि महिलाहरु गम्भीर पनि हुने गरेको पाईयो । त्यहाँ पुगेकी एक महिलाले विचरा.........भन्दै टिठाईन र उनलाई धोका दिने महिलालाई धिक्कारिन् । उनले वैश उमेर छउन्जेल धेरैको हलो थामे् । त्यति वेला उनलाई दया माया गर्नेहरु धेरै थिए । जव उनको पाखुरा वस्यो तव उनलाई एक मुठी मुँइको पानी पनि दिन छाडे । यस कारणले पनि उनि आफने वाउ आमा, श्रीमति छोरा छोरी र आफन्त सवै पाखुरो हो भन्छन् । हस्तीचौर १ तरिखर्कका समाज सेवी ईन्द्रबहादुर कुँवरका अनुसार उनि त्यस गाउँमा छँदा निकै र्पौरखी र फरासीला ब्याक्ति थिए । जिवन देखि खुशी थिए हलो कोदालो गरेर सवैलाई रिझाएका थिए कुँवरले भने खै पछि के भयो उनलाई र गाउँ छाडे । उनले ओझेलका खवरमा उनको कथा ब्याथा सुनेर वषौं पछि उनकावारेमा थाह पाउँदा खुुशी लागेको बताए ।
स्रोत: कमाण्डर पोष्ट दैनिक
No comments:
Post a Comment