दलित महिलालाई बलात्कार गरेको घटना रकम लेनदेन गरेर मिलापत्र

खोटाङ, चैत ८– एक ४० वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपितलाई अनुसन्धान नगरी राजनीतिक दबाबमा रकम लेनदेन गरेर मिलापत्र भएको छ । एक लाख रुपैयाँ २० दिनभित्र पीडितलाई दिने र जग्गा दिने शर्तमा चैत ६ गते मिलापत्र भएपछि बलात्कारको आरोपमा गिरफ्तार सप्तेश्वर गाविस-८ का १८ वर्षीय सन्देश राईलाई सोही दिन प्रहरीले अनुसन्धाननै नगरी रिहा गरेको छ । 

गत फागुन २५ गते राति पीडित महिलाकै घर पुगेर बलात्कार गरेको आरोपमा २९ गते पक्राउ परेका सप्तेश्वर–८ का १७ वर्षीय सन्देश राईलाई एमाले समर्थक नेताहरूको दबाबमा पीडितलाई २० दिनभित्रमा एक लाख दिने र जग्गासमेत पास गरिदिने शर्तमा मिलापत्र गरेको खुलासा भएको हो । 

मिलापत्र गरिएपछि पक्राउ परेका राईलाई आठ दिनसम्म प्रहरी हिरासतमा राखिए पनि अनुसन्धान नै नगरी छाडिएको छ । उनलाई म्याद थप नै नगरी आठ दिनसम्म थुनामा राखेरबिहीबार साँझ छाडिएको थियो । पीडित महिला जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभएपछि आरोपित विरुद्ध कारबाही प्रक्रिया अघि नबढाई आरोपितलाई छाडेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर रमेशकुमार देवले बताए । स्रोतका अनुसार पीडित महिला सदरमुकाम दिक्तेलसम्म आए पनि आरोपित पक्षले प्रहरीसमक्ष पुग्न नदिई मिलापत्र गराएर बाटैबाट फर्काइदिएको हो ।

आरोपितले फागुन २५ गते राती पीडित महिलाकै घरमा बलात्कार गरेको आरोपमा पीडितले बाक्सिला गाविसस्थित इलाका प्रहरी कार्यालयमा आरोपित विरुद्ध फागुन २६ गते उजुरी दिएकी थिइन् । उजुरीको आधारमा प्रहरीले आरोपितलाई फागुन २९ गते गिरफ्तार गरी सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान पुरा नगरी रिहा गरेको हो ।नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कुमार आचार्यले आरोपित थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका शिक्षक नरेश राईको छोरा भएकाले पीडितपक्षसँग बसेर छलफल गराई  २० दिनभित्रमा एक लाख रुपैयाँ र जग्गासमेत पास गरिदिने शर्तमा मिलापत्र गराएको बताए । पीडितलाई भने सोही स्थानका खगेन्द्र राईले दिने शर्तमा मिलापत्र भएको खुलासा भएको छ ।

No comments:

Post a Comment