दार्चुलामा १० हजारको ब्याजमा तीन पुस्तादेखि हलिया

०७० फागुन २७ गते- सरकारले हलिया प्रथाको अन्त्यको घोषणा गरेको झन्डै पाँच वर्षबितिसक्दा पनि दार्चुला उँकु
४ का एक मुक्त हलिया बाजे झुलेराम टमटाको पालादेखि नाती कालुराम टमाटासम्म १० हजार रुपैयाँमा तीन पुस्तादेखि हलिया बस्दै आएका छन ।
आफूलाई मालिकले बस्नलाई एक रोपनी जमिन दिए पनि नामसारी भने नगरेको कलुराम टमटाले बताए । बाजे झुलेराम, बुबा नैनरामले मोहनलाल पालीको हलो जोतेर जीवन गुजारा गरेको र मालिकको हलो जोत्न छोडयो भने आफ्नो उठीबासै हुने उनको भनाइ छ । बस्दै आएको घर पनि छोड्नुपर्ने बाध्यता रहेकाले मालिकको हलो जोत्नु परेको टमटाले बताए ।
सरकारले हलियामुक्त घोषणा गरे पनि आफू भने मुक्त हुन नसकेको गुनासो गर्दै टमटाले मुक्त गरेर मात्र हुँदैन, पुनःस्थापना नगरेसम्म अन्य काम गरी खान नसकिने धारणा राखे ।
मुक्त हुनुभन्दा पहिला त केही न केही साहुबाट सानोतिनो अन्न तथा लुगाफाटा त पाइन्थ्यो अब भने झनै समस्या भएको उनको भनाइ छ । त्यही भएर आफू साहुको ऋण खारेजी गरे र () वर्गको मुक्त हलिया परिचयपत्र पाए पनि पुनः मालिकको पुरानै ऋणमा हलिया बस्न बाध्य भएर गएको टमटाले बताए ।
सरकारले हलिया मुक्तिको घोषणा गरे पनि हलिया पुनःस्थापना र प्रमाणीकरण लगायतका विषयलाई गम्भीर रूपमा नलिएका कारण कालुराम टमटाजस्तै अन्य हलियाको पनि उस्तै अवस्था रहेको हलिया मुक्त समाज दार्चुलाका अध्यक्ष दनीराम तिरुवाले बताए ।
 
 
 

No comments:

Post a Comment