अमेरिकाबाट नेपालमा बिद्यामान जातीय छुवाछुत र जातीय बिभेदको अन्त्यको माग

वासिङ्गटन डिसी- नेपाली-अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्यूनिटी (नासो कम्यूनिटी) द्वारा 'विश्व जातीय भेदभाव उन्मूलन दिवस' मार्च २१ को अबसरमा बिशेष अन्तरकृया कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा प्यानेलिस्ट र अतिथी बक्ताहरुले २१ औं शताब्दीमा पनि नेपालमा जातीय छुवाछुत र भेदभाव कायम रहिरहनु बिडम्बनाको कुरा भन्दै राज्य र सामाजिकस्तरबाट त्यस्तो बिभेदको तत्काल उन्मूलन थालिनु पर्ने र त्यो प्रथा कायम गर्नेलाई कडा कानूनी सजायको ब्याबस्था गरिनु पर्ने माग गरेकाछन्।मार्च २३ तारिख आईतवार भर्जिनिया राज्यको स्प्रिङ्गफिल्डमा आयोजना गरिएको उक्त अन्तरकृया कार्यक्रम प्रमुख अतिथी नेपाली दूताबास वासिङ्गटन डिसीका काउन्सेलर नारायणप्रशाद मैनालीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।नासो कम्यूनिटीका अध्यक्ष दीपकजङ्ग विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोपाल विश्वकर्माले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने डिबी सागर विश्वकर्माले विश्व जातीय भेदभाव उन्मूलन दिवसबारे प्रकाश पारेका थिए। सोसाइटीका पूर्व अध्यक्ष धरम विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सन्चालन ईच्छा विश्वकर्माले गरेकी थिईन्।


सोही अबसरमा नासो कम्यूनिटीले प्रमुख अतिथी नेपाली दूताबास वासिङ्गटन डिसीका काउन्सेलर मैनाली समक्ष सोसाइटीद्वारा 'विश्व जातीय भेदभाव उन्मूलन दिवस' को अबसरमा सरोकारवालाहरुलाई सम्बोधन गरी जारी ज्ञापन पत्र बुझाएको थियो।

कार्यक्रमका प्यानेलिस्टहरु कृष्ण सोबले 'Caste base discrimination and challenges' बिषयमा, डा. बिष्णुमाया परियारले 'Construction of Nepal and Dalit Women rights' बिषयमा, डा. गोपी उप्रेतीले 'View on social-economic approach as a main theme' बिषयमा, माधबी बस्नेत कार्कीले 'Analysis of the amendment of Law' बिषयमा र डा. चित्रकृष्ण कार्कीले 'Analysis view by social and political view' बिषयमा प्रकाश पारेका थिए।

त्यसैगरी, अतिथी बक्तहरुमा प्रमुख अतिथी नारायणप्रशाद मैनाली, डा. श्याम कार्की, होमनाथ तिवारी, एचबि भण्डारी र प्रदीप थापा मगर थिए।प्यानेलिस्ट इन्टरनेशनल क्यापिटल मार्केट एशोसिएसनका ग्रान्ट एन्ड कन्ट्रेयाक्ट डाइरेक्टर कृष्ण सोबले नेपालमा दलितहरु ९५ प्रतिशत जमीनबिहिन (landless) अवस्थामा रहेको बताउँदै बाँकी ५ प्रतिशत दलित मध्येबाट ७७ प्रतिशत दलितहरुको शीर्फ ३ रोपनीभन्दा पनि कम जमिन रहेको दयनीय तथ्याङ्क पेश गरे। उनले भर्खरै अन्तरराश्ट्रिय श्रम संगठन (ILO) ले जारी गरेको तथ्याङ्क उल्लेख गर्दै दलितहरुको पर क्यापिटा कमाई ३९.६ डलर रहेको र उक्त कमाई संसारमा कुनै पनि मुलुकका जनताको कमाई त्यति कम नभएको बताए।प्यानेलिस्ट इम्पावोर दलित वूमन अफ नेपाल (एड्वन) बोस्टनकि संस्थापक डा. बिष्णुमाया परियारले "२१ औं शताब्दीमा पनि जातीय छुवाछुत र भेदभाव हुनु मानब बिरुद्धको अपराध हो" भन्दै छुवाछुतको समस्या एउटा जाति, बर्ग र लिङ्गको समस्था नभई सबैको समस्या भएको र यो राष्ट्रिय बिशालु समस्यालाई सबैले मिलेर समाधान गर्नु पर्ने बताईन्।


उनले छुवाछुत प्रथा कायम गर्नेलाई कानूनले कडाइकासाथ सजाय दिनु पर्ने माग गर्दै हामीले पनि आफ्नो सोचाईलाई बदलनु पर्छ भनिन्- "हामीमै पनि म ठूलो हो, तँ सानो हो भन्ने सोचाईको जबसम्म अन्त हुन सक्दैन तबसम्म सयौं बर्षसम्म जकडिएर रहेको यो पोइजन (बिश) जान सक्दैन। र हामी साँच्चै नयाँ नेपाल हेर्न चाहन्छौं भने अब आउने दिनमा दलित मात्र होइन, कुनै पनि भेदभाव हुनु हुँदैन। र जुन दलितसंग जोडिएको जुन सामाजिक कुसंस्कार (सोसल स्टिग्मा) छ र 'दलित' शब्द छ, यि दुबै हट्नु पर्दछ।"यानेलिस्ट डा. गोपी उप्रेतीले आफ्नो कार्यपत्र पेश गर्दै दलित समस्याको सम्बन्ध मूलरुपमा आर्थिक संरचनासंग जोडिएको उल्लेख गरे। उनले जातपात र छुवाछुतको समस्था नेपाली समाजको सामाजिक, आर्थिक पुनर्गठनको समस्या हो भन्दै उत्पादन र उत्पादनका साधन श्रोतको बितरणमा सामाजिक स्वामित्व नभएकोले गर्दा सामाजिक बिशमता, जातपात र छुवाछुत तथा शोषण सदासर्बदा कायम रहेको बताए।प्यानेलिस्ट प्राध्यापक एबं वकिल माधवी बस्नेत कार्कीले सम्बोधन गर्दै नेपालको परिप्रेक्षमा जुनसुकै अधिकारको कुरा गरे पनि हामी  एकआपसमा सम्बन्धित हुने र त्यसको असर पर्ने बताईन्। उनले अमेरिकामा बस्ने कम्यूनिटी र गाउँमा बस्ने समुदायबीच समन्बय हुने पर्ने र गाउँको मान्छेहरुलाई नबिर्सन आग्रह गरिन्।
प्यानेलिस्ट डा. चित्रकृष्ण कार्कीले सम्बोधन गर्दै "अमेरिकनहरु राष्ट्र बनाउने कुरामा दुई तीन सय बर्षकोलागि सोच्दछन् भन्दै हामी १० बर्षकोलागि पनि सोच्न सक्दैनौं" भने। उनले थपे- "हाम्रो काठमाडौं को घर वरपरको ८, १० फिटे बाटाहरु देख्दा हामीले दश बर्षकोलागि पनि सोच्न सकेकाछौं जस्तो लाग्दैन।"प्रमुख अतिथी नेपाली दूताबास वासिङ्गटन डिसीका काउन्सेलर नारायणप्रशाद मैनालीले सम्बोधन गर्दै सरकारका साथै समाजले पनि सकृय सहभागीता नजनाईकन र जागरण नआईकन छुवाछुत प्रथाको समाजबाट नहट्ने बताए।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुबेदीले पौराणिक हिन्दू नितीग्रन्थ मनुस्म्रितीमा शूद्र अर्थात दलित बनाईनेहरुमा युद्दमा कैद भएको, पेट पाल्नकोलागि दासत्व स्वीकार गर्ने, घरको दासीको छोरो, किनेर ल्याएको मान्छे, दानमा पाएको मान्छे, जसका पिता अझै पनि समाजमा दास भएका मान्छे र राजदण्डबाट बच्न दास बनेको वा राजअपराधी हुने ब्याबस्था रहेको उल्लेख गर्दै जीत र हारले ठूलो असर पर्ने, जितेकाहरुको साहित्य ठूलो हुने र उनिहरुले आफ्नोलागि साहित्य निर्माण गर्ने बताए। उनले 'हारेका जति दलित हुन्छन् र दु:ख पाउँछन् भन्दै नेपालमा अहिले जुन संबिधान निर्माण हुँदैछ, त्यसमा हामीले जित्नु पर्‍यो र दलितको हक सुनिश्चित गर्नु पर्‍यो' भने। उनले आफूले बिसं २०२४ सालमा आफ्नो गाउँ अर्घाखाँचीमा बाहुन युवाले विश्वकर्मा युवतीसंग बिहे गरेको नाटक लेखेको र त्यसको कारण आफूले गाउँ नै छोडेर हिंड्नु परेको दु:खद कहानी सुनाए।
स्रोत:- usnepalonline

No comments:

Post a Comment