दलितमैत्री संविधान बनाउन स्वामित्व ग्रहण आवश्यक

विनोद परियार
रुपन्देही,७ चैत ।
विगतको संविधानसभाको उपलब्धिलाइ संस्थागत गर्ने गरि दलित नेतृत्व र संविधानसभा सदस्यहरुले भूमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । ४९ औं अन्तराष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसको सन्दर्भमा शुक्रबार भैरहवामा आयोजित  नयाँ बन्ने संविधानमा दलितमैत्री सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि पूर्वमन्त्रि,पूर्व सभाषद र दलित अगुवाहरुले यस्तो बताएका हुन् ।  विगतको संविधानसभाबाट भन्दा दोस्रोपटक भएको निर्वाचनबाट दलित समुदायका प्रतिनिधिहरु संविधानसभा भवनमा कम पुगेकाले दलितमैत्री स.विधान निर्माणमा चुनौती पनि रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एंव नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले विगतमा दलितका पक्षमा सकरात्मक र अति महत्वपूर्ण कामहरु भएकाले त्यसलाइ अब बन्ने संविधानसभाले स्वामित्व ग्रहण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले विगतमा दलितमैत्री संविधान बनाउने पक्षमा जे सहमती भएको छ,त्यसलाइ नछाड्न सभाषदलाइ आग्रह गर्दै आफुहरु पछाडिबाट साथ दिन तयार रहेको बताउनुभयो । दलित आन्दोलनबाट धेरै उपलब्धि भएको बताउँदै त्यसलाइ संस्थागत गर्ने काम संविधानसभाले गर्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री प्रकाश चिकत्रकारले विभेदका विरुद्ध आफु सदैव आन्दोलन गर्न तयार रहेको बताउदै आवश्यक परे पार्टी छाडेर आन्दोलनमा होमिने बताउँनुभयो ।

P1070069
सभाषद कमला विश्वकर्माले दलितमैत्री संविधान निर्माणमा चुनौती रहेको बताउँदै आफुहरुलाइ बाहिरबाट सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले महिला र दलितका पक्षमा आफु रहेको बताउँदै त्यसका लागि विगतलाइ समिक्षा गर्दै आगाडी बढ्ने बताउँनुभयो ।

अर्का सभाषद सिमाकुमारी विश्वकर्माले आफुहरुले सदनमा कुरा उठाउने र दलित अगुवा र पूर्व सभाषदहरुले बाहिरबाट साथ दिन आग्रह गर्नुभयो । पूर्वसभाषद विनोद पहाडीले विगतमा बादी समुदाय र लोपउन्मुख समुदायको पक्षमा महत्वपूर्ण काम भएको बताउदै त्यसलाइ आत्मसाथ गरि अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै अधिकारकर्मी हरि बोमरेलले अब भन्ने संविधानसभाले दलित मन्त्रालय गठन गर्नुपर्ने,दलित आयोगलाइ सवैधानिक बनाउनुपर्ने,दलित न्यायलय र विनाधितो ऋण दिनुपर्ने लगायतका ३५ बुदे माग राख्नुभएको थियो ।

जिल्ला विकास समिति दलित वर्ग उत्थान जिल्ला समन्वय समिति र जागरण मिडिया सेन्टरको आयोजनामा भएको उक्त कार्यक्रममा दलित अगुवाहरु डिक बहादुर विश्वकर्मा,राजकुमार विश्वकर्मा,त्रिलोकनारयण विश्वकर्मा,एकराज विश्वकर्मा,ज्योतीलाल विश्वकर्मा,अधिवक्ता दिपा सुनार,किस्मत विश्वकर्मा,लक्ष्मण नेपाली,शिवजी गायक,प्रेम सेन्चुरी,विक्रम सुनार लगायतले बोल्दै २१ मार्च विश्वभर मनाइरहदा नेपालमा भने राज्यले उपेक्षा गरेको भन्दै आपत्ति जनाएका थिए । कार्यक्रमा पूर्वमन्त्री, सभाषद र पूर्व सभाषदलाइ खादा ओढाएर सम्मान गरिएको थियो ।कार्यक्रम पदमबहादुर विश्वकर्माको अध्यक्षता,नन्दबहादुर खड्काथोकीको स्वागत तथा इन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।स्रोत : जागरण मिडिया 

No comments:

Post a Comment