खानेपानीमा ४ प्रतिशत मधेसी दलितको पहुँच -राजेन्द्र ताम्राकार


काठमाडौं÷१३, चैत, तराईमा ४ प्रतिशत मधेसी दलितको मात्र खानेपानी र सरसफाईमा पहुँच पुगेको एक अध्ययनले देखाएको छ ।   दलित महिला संघद्वारा सिरहा जिल्लामा स्वास्थ्य र सरसफाईमा दलित महिलाको पहुँचको अवस्था कस्तो छ भन्ने विषयमा तथ्यमा आधारित भएर गरिएको अध्ययन प्रतिवेदनले उक्त तथ्य सार्वजनिक गरेको हो ।   संघद्वारा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनकर्ता नरगोपाल राईले अध्ययनमा सिरहा जिल्लाका ५ गाविस र एक नगरपालिकालाई समेटिएको थियो । अध्ययनमा  १९७ घरधुरी सहभागी भएको र त्यसमा सबै दलित महिला रहेको अध्ययनकर्ता राईले बताउनुभयो । खानेपानीको अभावमा अध्ययनमा समेटिएकामध्ये २७ प्रतिशत घरधुरीको मात्रै आफ्नो शौचालय रहेको पाइएको छ ।  अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई शाखाका, सिनियर डिभिजन  इन्जिनियर ः बालमुकुन्द श्रेष्ठले स्थानीय निकायको अभावका कारण विकासका काम तलदेखि माथि हुनुपर्नेमा माथिदेखि तल भएकोले पनि सोचेअनुसारको काम हुन नसकेको बताउनुभयो । 



उहाँले सरकारको खानेपानी उपभोक्ता समूहमा दलित महिलालाई प्राथमिकता दिने नीति रहेको बताउँदै सन् २०१७ सम्ममा स्थानीयदेखि राष्ट्रियस्तरका संघसंस्थासंग सहकार्य गरेर सरसफाई र खानेपानीमा सबैको पहुँच पु¥याइने प्रतिवद्धता व्यक्त गर्नुभयो  ।कार्यक्रममा वाटरएड नेपालका गोविन्द श्रेष्ठले ४.६ प्रतिशतमा रहेको स्वास्थ्य र सरसफाईको अवस्थालाई आगामी दिनमा शतप्रतिशतमा पु¥याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने खाँचो औंल्याउनुभयो । अध्ययनले ३५ प्रतिशत सीमान्तकृत समुदायका सेवाग्राहीबीचमा, लक्षित कार्यक्रमको नियमित अनुगमन नभएको देखाएको छ । सरकारी सेवा सुविधाको बारेमा विस्तृत जानकारी नभएकाले पनि दलित समुदायको यस क्षेत्रमा पहुँच नभएको प्रतिवेदनमा पाइएको छ । कार्यक्रममा खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र अर्यालले सरसफाई र खानेपानीसंग सम्बन्धित ऐन र कानुन भएपनि कार्यान्वयनको अभावमा स्वास्थ्य र सरसफाईमा दलित महिलाको पहुँच नपुगेको बताउनुभयो ।  यसका लागि दलित महिला संघले सरोकारवाला निकाय सबैसंग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 



युनिसेफका नमस्तेलाल श्रेष्ठले, हामीभित्रका राम्रा कुरालाई बाहिर ल्याएर नभएका कुराका बारेमा खोजी गरिनुपर्ने धारणा राख्नुभयो । तबमात्र स्वास्थ्य र सरसफाई लगायतका सबैजसो क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ श्रेष्ठले भन्नुभयो । उहाँले यूनिसेफ महिला, बालबालिका र दलितप्रति समर्पित रहेको छ र आगामी दिनमा पनि यो समुदायको समग्र हितका लागि निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमममा नेवाका हिमालय पन्थी, सेभ द चिल्डे«नकी सोनी प्रधान, प्लान इन्टरनेशनल नेपालका नवीन प्रधान, प्राक्टिकल एक्सनका  विनय श्रेष्ठ, पीडिआरसीकी कमला हेमचुरी, कान्तिपुर दैनिकका अशोक दर्नाल लगायतले तलदेखि माथि र माथिदेखि तलसम्म सबै संरचनामा रहेर काम गरिरहेकाबीचमा दलित महिला संघले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । 

उहाँहरुले स्वास्थ्य र सरसफाईको मुद्दा दलित महिलाको मात्र मुद्दा नभएकाले यसमा सबैले चासो दिनुपर्ने र उनीहरुलाई विशेष प्राथमिकता दिइनुपर्ने धारणा राख्नुभएको थियो । पूण्यवती रम्तेल ः खानेपानी जस्तो आधारभूत अधिकारमा दलित महिलाको पहुँच छैन भने दलित महिलाको समग्र विकास कसरी हुन्छ भन्दै दलित महिलाको स्वास्थ्य र सरसफाईको क्षेत्रमा सामूहिक काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले पनि तराईमा दलित महिलाले एकदिनको ज्याला ३ किलो धान पाइरहेको अवस्था छ । यस्तो अवस्थामा दलित महिलाको कसरी समग्र विकास हुनसक्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले सरसफाई र खानेपानीमा दलित महिलाको पहुँच पु¥याउनका लागि परिवारको स्वास्थ्य महिलाको हातमा भन्ने अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै उहाँले दलित महिलाका हजारौं सवालहरु रहेकाले संघले चाहेर पनि सबै दलित महिलाका सवाललाई समेट्न नसकेको यथार्थ बताउनुभयो । कार्यक्रममा दलित महिला संघका कार्यकारी निर्देशक भिमबहादुर विश्वकर्माले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघकी लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।

No comments:

Post a Comment