दलित सौन्दर्य—वोध पुस्तकमाथी विमर्श

महावीर विश्वकर्मा,
काठमाण्डौ, ३० फागुन ।
समता फाउण्डेशनले प्रकाशन गरेको दलित सौन्दर्य—वोध पुस्तकमाथी आज विमर्श भएको छ । साहित्यकार अभि सुवेदी, राजनीतिक विश्लेषक सि.के.लाल र राजनीतिकर्मी आहुतिले दलित सौन्दर्य शास्त्रको सम्बन्धमा आफ्नो विचार राख्नुभएको थियो ।

राजनीतिकर्मी आहुतिले दलित सौन्दर्य शास्त्रलाई माक्र्सवादी सौन्दर्य शास्त्रकै एउटा प्रवर्ग भएको बताउँदै यसलाई त्यसरी नै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “दलित एउटा दक्षिण एसियाको निकै ठुलो परिघटना हो”, उहाँले भन्नुभयो “दलित सौन्दर्य शास्त्रलाई आफ्नो मौलिकतामा अध्ययन गर्नुपर्दछ ।”
यसैगरि साहित्यकार अभि सुवेदीले नेपालमा सबैभन्दा बढी दलित सौन्दर्य चेतना प्रस्तुतीकरणमा देखिएको विचार राख्नुभयो । “दलितले सँधै सौन्दर्यको रचना ग¥यो तर यो समुदाय नै सँधै अदृश्य र अछुतको रुपमा रह्यो”, उहाँले थप्नुभयो “किन यस्तो भयो भनेर खोजी गर्नु आवश्यक छ ।” दलित सौन्दर्यको विषयमा छलफल आवश्यक रहेकोमा उहाँको जोड थियो ।
राजनीतिक विश्लेषक सि.के.लालले यस पुस्तकमा सौन्दर्यलाई दिमागबाट हेर्ने कोशिश गरिएको धारणा राख्नुभयो । “दलित मुद्दा वर्गीय हो”, उहाँले भन्नुभयो “यो वर्णवादी, जातीय, नश्लीय पनि हो ।”पुस्तक विमर्श कार्यक्रममा दलित अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
स्रोत :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment