जातिय छुवाछुत र भेदभाव अन्त्यका लागि काम गरिरहेकाहरुलाई सम्मान

 ०७० चैत ८ गते, धादिङ ।४९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ०७० चैत ७ गते धादिङमा र्‍याली र अन्तरक्रिया गर्दै मनाइयो । दिवसको अवसरमा सदरमुकाम धादिङवेंशीको पुछारबजारबाट सिरानबजारसम्म र्‍याली निकालिएको थियो । र्‍यालीपछि धादिङ उद्योग वाणिज्य सङ्घको हलमा जातीवाद र जातिय भेदवाद विरुद्धको सङ्र्घषमा नेतृत्वको भुमिकाका विषयमा अन्तरक्रियाको आयोजना गरिएको थियो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको आयोजनामा प्रयास नेपाल धादिङअनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक धादिङ,फोकस नेपालसमग्र विकास सेवा केन्द्रएकिकृत सामुदायीक विकास अभियान आईसिडिसि धादिङ र गैरसरकारी संस्था महासङ्घ धादिङको साझेदारीमा कार्यक्रममा सुनौलाबजारका चिजकुमारी परियार र सुरेस रम्तेलसलाङका कोपीला रम्तेल र सन्तोष थापाको जोडीलाई अन्तरदलित विवाह गरेकोमा सम्मान गरियो ।

यसैबीच जातिय छुवाछुत र भेदभाव अन्त्यका लागि काम गरिरहेकाहरुलाई पनि सम्मान गरियो । जिल्ला कालिगढ सङ्घ धादिङका अध्यक्ष दिपक विश्वकर्मा र जेड्स नेपाल मैदीदलित अगुवा निलकण्ठ गाविस-५ का शंकर परियार र थाक्रेका कुमार बैरागीलाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय दलित सङ्घ कार्य समिति धादिका अध्यक्ष यताबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलराजनितिक दलका प्रतिनिधिविभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment