सल्यानमा दलित गैर सरकारी संस्था महासंघले नागरिकता बनाउदा एक सय दिने

नवीन अभिलाषी
चैत २ ।
नागरिकता बनाएपछि एक सय रुपैँया पाइने भएपछि सल्यान जिल्लामा यसको आकर्षण बढेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले दलित विकास समाज सल्यानसँग मिलेर जिल्लाका विभिन्न स्थानमा नागरिकता वितरण गरिरहेको छ भने प्रोत्साहन स्वरुप एक सय रुपैँया पनि दिने गरेको छ ।
दलित गैर सरकारी संस्था महासंघको सहयोगमा दलित विकास समाज सल्यानको नेपालका पहाडि र हिमाली जिल्लाहरुका नागरिकता विहिन व्यक्तिहरुलाइ सहयोग परियोजना मार्फत प्रोत्साहन भत्ता दिन थालिएको हो । जिल्लाका विभिन्न स्थानमा शुरु भएका शिविरमा पुगेर नागरिकता बनाउनेलाई यो सुविधा दिइनेछ ।
 जिल्लाका हरेक नागरिकलाई नागरिकता बनाउन सहज होस भनेर यस्तो अभियान थालिएको संस्थाका अध्यक्ष निम बहादुर नेपालीले बताउनुभयो । जिल्लाका मार्के, कुपिण्डेदह, कजेरी, शिद्देश्वरी, छाँयाक्षेत्र, खलंगा, काभ्रा, कारागिठि, लेखपोखरा, कोवांगझिम्पे लगायत आवश्यकता अनुसार जिल्लाभर यो अभियान संचालन गरिने उहाँले बताउनुभयो ।
 जिल्लाका धेरै नागरिकहरु रोजगारीको लागी भारतको कालापहाड जाने गरेको र नागरिकता सरकारी कामकाज परेमा मात्रै बनाउने गरेकाले नागरिकता नबनाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताउनुभयो । हाल सम्म जिल्लाको रिम गाविसमा एकिकृत घुम्ति शिवीर संचालन भैसकेको छ भने अन्य ठाँउमा वाँकी छ ।
रिम गाविसमा संचालन भएको शिविरमा ५५ जना महिला सहित ८८ जना नागरिकता पाएका थिए, जसमा २८ जना दलित सहभागि थिए ।  नागरिकता वितरण टोलीमा अन्य कार्यालयले पनि सेवा दिइरहेका छन् ।
 रिम गाविस भवनमा भएको एकिकृत घुम्ती शिविरमा,  जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा वालवालिका कार्यालय, कल्याणकारी अपांग संघ, जिल्ला भुसंरक्षण कार्यालय, गाविसको कार्यालय सारपानी गर्पा, त्रिवेणी, धनवाङ, सिनवाङ लगायतले आआफ्नो कार्यालयबाट प्रदान गरिने सेवा समेत सोहि ठाँउबाट प्रदान गरेका थिए ।स्रोत :- जागरण मिडिया

No comments:

Post a Comment