मार्च २१ मा मनाइने दिवसको अवसरमा शुभकामना !!!

संयक्त राष्ट्र संघले सन १९६५ मा जातीय विभेद उन्मुलन  समन्धी  महासन्धी पारीत गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे यता सन १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालले सन १९७१ मा महासन्धी अनुमोदन गरेको थियो । 

२०६२/६३ को जनआन्दोलनपछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि , जातीय छुवाछुत कसुर सजायँ ऐन २०६८ व्यवस्थापिका संसदबाट पारित भइसकेपनि जातिका आधारमा गरिने भेदभावमा कमी आउन सकेको छैन ।जाति तथा रंगभेदको आधारमा कसैलाई भेदभाव नगरौ । समतामूलक र न्यायपूर्ण समाज, राष्ट्र बनाउन सवै प्रकारका विभेद अन्त्य गरौँ, दलित मैत्री संविधान निर्माण गरौँ  ।
- विभेद बिरुद्ध अभियान 

No comments:

Post a Comment