सिरहामा सिलौटो छोएको आरोपमा दुई जना चमार कुटिए

Like us:  विभेद बिरुद अभियान on Facebook

सिरहा जिल्ला किसानपुर–९ राडियाहा गाँउमा सिलौटो छोएको आरोपमा दुई जना चमार घाइते भएका छन् । स्थानिय मुसहरु ठाकुरको घरमा गत १९ गते विहान सोही ठाउकी १९ बर्षिय मन्जु चमार महरा सिलौटामा मसला पिस्नाका लागी गएको र सिलौटा किन छोएको ? भनी ठाकुरका परिवारले कुटपिट गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाईते हुनेमा मन्जुका दिदि तुल्सीदेवि चमारको टाउकोमा चोट लागेको छ । भने मन्जुको पेटमा चोट तथा हात भाचिएको जिल्ला प्रहरी प्रमुख पुर्णचन्द्र जोसीले जानकारी दिए । उनका अनुसार कुटपिट गर्ने सोही ठाउका श्यामकुमार ठाकुर, तपेश्वरी ठाकुर, ठकनी ठाकुर, सन्तोष ठाकुर, लगायतले कुटपिट गरेको र उनीहरुलाई नियन्त्रणमा लिईसकेको बताउनु भएको छ । भने पिडित पक्षबाट अहिले सम्म कुनै निवेदन नपरेकोले निज पिडितले निवेदन दिएमा जातिय छुवाछूत ऐन बमोजिम आफु कारबाही गर्न प्रतिबद्ध रहेको बताए ।
घटना जातिय छुवाछूतलाई लिएर भएको र त्यसमा पिडित मन्जु चमारहरुको खासै गल्ती नरहेको स्थानिय अमिरी महराले जानकारी दिएका छन् । उनका अनुसार विहान मसला पिस्नका लागी मन्जु ठाकुरको घरमा गएको र ठाकुरले विहान विहान जातिय गाली गर्नुको साथै हात पात समेत गरी घरबाट निकाला गरेको बताएका छन् ।
(स्रोतःकमाण्डर पोष्ट)

No comments:

Post a Comment