जातीय छुवाछुत विरुद्ध एक जुट भएर अगाडि बढ्नु पर्ने

 ०७० चैत ८ गते, सिरहा ।४९ औँ अन्तराष्ट्रिय जातीय विभेद विरुद्धको दिवस सिरहाको धनगढीमा विभिन्न कार्यक्रम सहित चैत ७ गते समपन्न भएको छ । मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाको आयोजना र इन्सेक सिरहादलित जनकल्याण युवा कल्ब लहानओरेक सिरहा,सहयोगी हातहरु लहानदलित महिला सङ्घ मिर्चैयासमग्र जनउत्थान केन्द्र लहान लगायतका संस्थाको सहकार्यमा धनगढीमा र्‍यालीसडक नाटककोणसभा तथा सहभोजको आयोजना गरिएको थियो ।
कोणसभामा बोल्दै समग्र जनउत्थान केन्द्रका अध्यक्ष सुनिलकुमार साहले समय परिवर्तन सँगै सबै जना परिवर्तन हुनु पर्ने बताए । समाजमा छुवाछुत जस्ता कुपर्थाले विकासको कामम पनि बाधा पुग्ने भएको र जातीय छुवाछुत विरुद्धको ऐनले कार्बाहीको भागीदारी बन्नु पर्ने भएको हुँदा यस्तो विचार त्यागी एक जुट भएर अगाडि बढ्नु पर्ने बताए ।
मानवअधिकार संरक्षण केन्द्र संजालका संयोजक नथुनी मंडलले मान्छे-मान्छे बीच भेदभाव गर्नु कानुनी अपराध भएकोले सो कार्य नगर्न आग्रह गरेका थिए ।कार्यक्रममा जातीय विभेद विरुद्ध जनचेतना मूलक नाटक प्रदर्शन दलित जनकल्याण युवा क्लबका नाटक टोलीले गरेको थियो । कार्यक्रमको अन्तिम चरणमा दलितहरुले तयार गरेको भोज संस्थाका प्रतिनिधिसमाज सेवीशिक्षक तथा स्थानीयहरुले सँगै खाएर कार्यक्रम समापन गरिएको थियो ।

No comments:

Post a Comment