अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारी तहबाटै सम्मानित गर्न माग


काठमाडौं -अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारी तहबाटै सम्मानित गर्ने व्यवस्था गर्न राष्ट्रिय अन्तरजातीय परिवार समाजले माग गरेको छ । कानुन बने पनि समाजमा छुवाछूत कायमै रहेको भन्दै उसले संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष आइतबार ज्ञापनपत्र बुझाएको हो । 


अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न सरकारी माध्यमबाट सन्देश र विज्ञापन प्रकाशन/प्रसारण गर्नुपर्ने, जोडीलाई जीवनयापनका लागि रोजगारीे दिनुपर्नेलगायत उसका माग छन् । ज्ञापनपत्र बुझ्दै नेम्वाङले यसबारे सरकारका सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए ।

Like us:  विभेद बिरुद अभियान on Facebook

No comments:

Post a Comment