छोराले गैरदलितकी छोरी विवाह गरेको आरोपमा कुटपिट

०७० फागुन ३० गते, कैलाली । छोराले गैर दलितकी छोरी विवाह गरेको आरोपमा बलिया गाविस-५ बगनियाकी ४० वर्षीया धिरजा टमटालाई सोही ठाउँका ४२ वर्षीय उदयसिंह रावत र ३० वर्षीय टीकाराम धामीले फागुन २९ गते राती कुटपिट गरेका छन् । कुटपिटबाट घाइते धिरजाको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भईरहेको छ । घाइतेको उपचारमा संलग्न रहेको सिअहेव राधाकृष्ण चौधरीले पीडितको कानममा समस्या देखीएको छ र बाहिर शरीरमा घाउ नदेखिएकोले सम्बन्धित विशेज्ञ डाक्टरले चेकजाच गरेपछि अरु बताउन सक्ने बताए ।
पीडित महिलाका छोरा २२ वर्षीय बसन्त टमटाले स्थानीय २० वर्षीया ममता रावतसँग माघ १५ गते विवाह गरेको आरोपमा केटीका बुवा र मामाले तेरो छोरा ल्याउने भए ल्याउ होइन भने तलाई मारी दिने भन्दै कुटपिट गरेका थिए । दिउँसो कुटपिट घटनाका बारेमा प्रहरीलाई जानकारी गरेको भए पनि प्रहरीले बेवास्ता गरेको घाइते धिरजाले बताइन । प्रेम विवाह गर्ने युवती स्नातक प्रथम वर्षमा स्थानीय बहुमुखि क्याम्पसमा अध्यानरत छन् भने युवा भारतमा मजदुरी गदै आएको पीडित पक्षले जानकारी दिए ।
राती फेरी आक्रमण गर्न उदय र टीकाराम सहित गाउँलेहरू आक्रमण गर्ने आएपछि आफू भागेर जीवनरक्षका लागि प्रहरीमा जानेक्रममा बाटोमा पुनः आफूलाई आक्रमण भएको पीडितले टमटाले बताइन् । बाटोमा हिडिरहेका एक जना आर्मी जवानले बचाएर एम्बुलेन्समा धनगढी पठाएको पीडितले बताइन् । घाइते महिलाका पति टेकबहादुर टमटामा पनि रोजगारका लागि भारतमा मजदुरी गर्ने गएका छन् ।घटनामा सलग्न भनिएका केटीका बुवालाई उदयसिंहलाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर राजेश कार्कीले जानकारी दिए ।

No comments:

Post a Comment