कञ्चनपुरका दलित छात्रछात्रालाई छात्रवृत्ति निकास

कञ्चनपुर,  चैत १३ गते ।दलित छात्रवृत्तितर्फ २० हजार ४९ छात्रालाई रु ७१ लाख ९७ हजार ५९१  विद्यालयमा निकास पठाइएको जिशिकाले जनाएको छ । मावितहमा अध्ययनरत दुई हजार २६७ दलित छात्रछात्रालाई रु नौ लाख ४५ हजार ७२ छात्रवृत्तिबापत प्रदान गरिएको छ । जेहेन्दार ९४६ छात्रछात्रालाई रु एक हजार ७०० का दरले गरी रु १६ लाख आठ हजार २०० रकम निरन्तर रूपमा प्रदान गरिँदै आएको छ ।

यसैगरी मुक्त कमलरी छात्राहरूलाई बैंक खातामार्फत जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले छात्रवृत्ति प्रदान गरेको छ । प्राथमिक तहका १५९, निम्नमाध्यमिक तहका २६९, माध्यमिक तहका ७३, उच्चमाध्यमिक तहका १४ र उच्चतहका पाँच गरी ५२० जना मुक्त कमलरी छात्रालाई बैंक खातामार्फत छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राथमिक र निम्नमाध्यमिक तहलाई रु एक हजार ५००, माध्यमिक तहलाई रु एक हजार ८००, उच्चमाध्यमिक तहलाई रु पाँच हजार र उच्च शिक्षाका लागि रु १० हजारका दरले छात्रवृत्ति बैंकमार्फत उपलब्ध गराइएको जिल्ला शिक्षा कार्यालयका उपसचिव पदमराज भट्टले बताउनुभयो ।मुक्त कमलरी छात्राहरूलाई प्रदान गरिएको रकम सदुपयोग होस् भन्ने हेतुले बैंकमार्फत रकम प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसैगरी द्वन्द्वपीडित ८४ जना छात्रछात्रालाई समेत रु एक हजार ६०० का दरले छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा प्राविमा २६, निमाविमा २७, माविमा २४ र उच्चमाविका सातजना रहेका छन् ।

छात्रछात्रा छात्रवृत्ति कार्यक्रमअन्तर्गत यहाँका ३२ हजार ४७१ छात्रछात्रालाई रु एक करोड १५ लाख ९२ हजार १४७ विद्यालयको खातामार्फत उपलब्ध गराइएको उपसचिव भट्टले बताउनुभयो । सो रकम विद्यालयले व्यवस्थापन समितिको निर्णयमा छात्रछात्राहरूलाई शैक्षिक सामग्री खर्च, पोसाक खर्चबापत रु १५० अथवा रु ४५० का दरले प्रदान गर्न सक्नेछन् । 

No comments:

Post a Comment