मार्च २१ को सन्दर्भमा राजधानीमा विभिन्न कार्यक्रम सम्पन्न

IMG_2030महावीर विश्वकर्मा
काठमाण्डौ, ०५ चैत्र ।
४९ औँ अन्तर्राष्ट्रिय जाती एवम् रंगभेद उन्मुलन दिवस मार्च २१ को सन्दर्भमा मंगलबार राजधानीमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित आयोग र दलित नागरिक समाजको आयोजनामा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा फरक फरक विषयमा लगातार ३ वटा कार्यक्रम सम्पन्न भएको हो । ती सबै कार्यक्रमको संयोजन दलित गैरसरकारी संस्था महासंघले गरेको थियो ।
झण्डै पौने बाह्र बजे शुरु भएको “दलित वाल अधिकार, समस्या र समाधानका उपाय” विषयक कार्यशाला गोष्ठीमा डा.विजय सैन्जुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथी बोल्ने वक्ताहरुले गाँस, वास र कपासबाट वन्चित हुनुपरेको कारण दलित विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेको बताएका थिए ।
केन्द्रीय वाल कल्याण समितिका तारा धितालले सरकारले दलित वालवालिकाको लागि प्रदान गर्ने विभिन्न सुविधाहरुको अनुगमन दलित नागरिक समाजले पनि गर्नुपर्ने धारणा राख्नुभयो । साथै मन्त्रालयहरुले बजेट निर्माण गर्न अब १ हप्ता मात्रै बाँकी रहेको भन्दै त्यसमा आफ्नो कार्यक्रम पार्नका लागि उहाँले दलित नागरिक समाजलाई सुझाव पनि दिनुभयो ।
20140318_160109यस्तै व्यवसायिक विकास तथा अध्ययन केन्द्र (पि.डि.आर.सि.) का अध्यक्ष कमला हेम्चुरीले विद्यालयमा दलित मैत्री वातावरण तयार हुनुपर्नेमा जोड दिनुभयो । “एक विद्यालय एक दलित शिक्षकको नीति कार्यान्वयन गर्न राज्यलाई दबाब दिनुपर्छ” उहाँको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष मोतीलाल नेपालीले यही सामाजिक संरचनामा दलित वाल अधिकार सुरक्षित हुनै नसक्ने ठोकुवा गर्नुभयो । आफ्नो मन्तब्यमा राष्ट्रिय देखी अन्तर्राष्ट्रिय क्षेत्रका उदाहरणहरु समेत जोड्नुभएका उहाँले दलित वालअधिकार रक्षाका लागि समान सामाजिक संरचना हुनुपर्छ भन्दै राज्य सत्ताले नै संयन्त्र निर्माण गर्नुपर्ने विचार राख्नुभयो ।
सो कार्यक्रम सकिने बित्तिकै शुरु भयो, “समावेशी लोकतन्त्र र दलित अधिकार” विषयक कार्यशाला गोष्ठी । गोष्ठीमा दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र माथी मानवअधिकारकर्मी चरण प्रसाईँ, दलित अधिकारकर्मीहरु गौरा नेपाली, सुशिल वि.के., मोहन विश्वकर्मा लगायतले बोल्नुभयो ।
IMG_2025कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका दलित अधिकारकर्मी गणेश वि.के.ले दलितका समस्यालाई प्रष्ट्याउनुभयो । मुख्यत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा रहेका समस्यालाई उहाँले सरलसँग प्रष्ट्याउनुभएको थियो । गैरदलितभित्रका प्रगतिशिल शक्तिलाई दलित आन्दोलनमा सँगै अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
फितलो भयो कवि गोष्ठी :
एकै स्थानमा लगातार २ वटा कार्यक्रम सम्पन्न गरेपछि खाजा खाएर शुरु भयो, “जातीय छुवाछुत विरुद्ध कवि गोष्ठी” ।
सञ्चालक सरोजदिलु विश्वकर्मा आफैले कविता वाचन गरेर शुरु भएको कार्यक्रममा कार्यक्रमको  अध्यक्षता ग्रहण गर्नुभएका दलित अधिकारकर्मी मोतीलाल नेपालीले पनि शुरुमै क्रान्तिको आह्वान शीर्षकको कविता वाचन गर्नुभयो —

प्रचण्ड हामीले हारेकै हो ?
हाम्रो मुक्ति युद्धको लडार्इँको उचाईबाट पराजीत भएकै हो ?
या एउटा लडार्इँको मोर्चाबाट पछाडी हटेको हो ?
हामी मात्र चुनावी वाटोमा हारेको हो ?
या यो कुन हार हो ?

कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहेका व्यक्तिले नै कुनै पार्टीको प्रमुखलाई सम्बोधन गरेर कविता वाचन गर्दा सहभागीहरु अन्यौलमा परेका थिए ।
गोष्ठीमा उपस्थित हुने भनेर प्रचार गरिएका आहुति, रणेन्द्र बराली, धनकुमारी सुनार, अनिता लामा, पञ्चकुमारी परियार कोही पनि उपस्थित हुनु भएन । जसका कारण सञ्चालकले कविता “वाचन गर्न इच्छुक कोही हुनुहुन्छ भने नाम टिपाइदिनुहोला” भनेर पटक पटक आग्रह गरिरहनुपर्यो ।
IMG_2022
कार्यक्रममा उपस्थित साहित्यकार मोदनाथ प्रश्रितले पनि आफुलाई धेरैजनाले कविता वाचन गर्नुहोला भन्ने लागेपनि निकै कमले मात्रै कविता वाचन गरेको भन्दै आयोजकको तयारी नपुगेको गुनासो गर्नुभयो । “यस्तो ठाउँमा कार्यक्रम गर्नुभएको छ, पैसा पनि धेरै नै लाग्यो होला”, उहाँले भन्नुभयो “तर तपाईँहरुको तयारी पुगेन ।”कार्यक्रममा सहभागीहरु कम हुनाले पनि ३ वटै कार्यक्रममा आयोजकको तयारी कमजोर रहेको प्रष्ट्याउँथ्यो ।
स्रोत : जागरण मिडिया सेन्टर

No comments:

Post a Comment