जातीय विभेद तथा छुवाछुत ऐन कार्यान्वयनमा कठिनाई

०७० चैत ५ गते, मोरङ । अन्तर्राष्ट्रिय जातीय विभेद उल्मूलन दिवस अर्थात २१ मार्चको सन्दर्भमा चैत ५ गते विराटनगरमा आयोजित कार्यक्रमका सहभागीहरूले जातीयविभेद तथा छुवाछुत सम्बन्धी बनेका विद्यमान कसुर तथा सजाय ऐन विभिन्न कारणले गर्दा कार्यान्वयनमा कठिनाई भएको औँल्याएका छन् ।जातीयवाद र फाँसीवाद विरुद्ध उठौँ भन्ने मूल नाराका साथ विराटनगरमा ४९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उल्मूलन दिवसको अवसरमाआयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरूले सामाजिक संरचना, परम्पार, कुरिती कुसंस्कार, चेतना तथा शिक्षा लगायतका आयमहरूलेगर्दा जातीय विभेद सम्बन्धी ऐन कार्यान्वयन हुन नसको बताएका छन् । 
एक्सन एड, वर्ल्ड भिजन र प्लान नेपालको सहयोग तथा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर, समता फाउण्डेसन तथारिडेफ नेपालको संयुक्त योजनामा जातीय भेदभाव छुवाछुत ऐन २०६८ कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका विषयक क्षेत्रीय स्तरीयकार्यक्रममा दुई ओटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

अन्तर्राष्ट्रिय जातीय विभेद उल्मूलन दिवस र नेपालमा यसको सान्दर्भीक महत्व विषयमा डा. यमबहादुर किसान तथा जातीय भेदभाव छुवाछुतकसुर र सजाय एने २०६८ कार्यान्वयनमा प्रहरीको भूमिका विषयमा कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी यादवराज खनालले कार्यपत्रप्रस्तुत गरिएका थिए ।कार्यपत्र माथि अधिवक्ता जगत थापा र राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक कोषराज न्यौपानेले सुझाव तथाटिप्पणी गरेका थिए । कार्यक्रमको पहिलो सत्र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय संयोजक सोमराज थापा तथा दोस्रो सत्र एक्सन एडनेपालका राजकुमार त्रिखत्रीले सहजीकरण गरेका थिए ।
जातीय विभेद तथा छुवाछुत सम्बन्धी मुद्दा पूर्वाञ्चल क्षेत्रमा पाँच ओटा घटनामात्र कानुनी दायरामा आएकोले घटनाका आरोपीतहरूलाई सजायभई सकेको समेत कार्यपत्र प्रस्तोता एसएसपी खनालले जानकारी गराए । त्यसैगरी वर्तमान नेपालको संरचना बलको आधारमा तथा पौराणिकमनुस्मृतिले विभाजन गरेको चार वर्णअनुसार हालसम्म चलि आएको अर्का कार्यपत्र प्रस्तोता डा. किसानले बताए ।कार्यक्रममा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी ऐन कार्यान्वयन गर्नमा सरोकारवाला सबैको आ-आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका रहेकोसहभागीहरूले आफ्नो भनाई राखेका थिए । पूर्वाञ्चल क्षेत्रका १६ ओटै जिल्लाका प्रहरी अनुसन्धान अधिकृत, अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरकासङ्घ संस्था, पत्रकार लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment