जातीय छुवाछुत र विभेदको अन्त हुन सिङ्गो समाज शिक्षति हुनु पर्ने

०७० चैत ८ गते, कपिलवस्तु । देशमा दलित समुदाय शिक्षित भएर मात्र जातीय छुवाछुत र विभेदको अन्त नहुने भन्दै सिङ्गो समाज शिक्षति हुनु पर्ने नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका केन्द्रिय अध्यक्ष भक्तबहादुर विश्वकर्माले बताएका छन् ।४९ औँ अन्तराष्ट्रिय जातीय भेदभाव तथा रङ्गभेद विरुद्धको दिवसको अवसरमा इन्सेक लगायत दलित अधिकारकर्मी र मानवअधिकारकर्मी संस्थाको संयुक्त आयोजनामा आयोजित अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष विश्वकर्माले सो कुरा बताएका हुन् ।
संयुक्त राष्टङ सङ्घले जातीय भेदभाव उन्मुलन सम्बन्धी महांसन्धिमा सन १९६५ मा अनुमोदन गरेको र नेपाल पक्षराष्ट्र भए लगतै मुलुकी ऐन २०२० मा छुवाछुद तथा जातीय विभेद सम्बन्धी ऐन कानुन बनेको भए पनि कार्यान्वय पक्ष प्रभावकारी नहुँदा विभेदका घटना भइरहेको अध्यक्ष विश्वकर्माले बताएका थिए ।नेपालको अन्तरीम संविधानमा व्यवस्था भए बमोजिम २०६८ सालमा संसदबाट जातीय विभेदको अन्तको घोषणा गरे पनि अझै दैलेखजाजरकोटरौतहट लगाएतका विभिन्न स्थानमा पानी छोएको निहुँमा मान्छे मारिनुकुटिनु परेको विश्वकर्माले बताए ।
यसै गरी कार्यक्रममा अधिवक्ता ओमप्रकास अर्यालले जातीय विभेद अन्तका लागि दलित मैत्री संविधान विषयमा आधारपत्र प्रस्तुत गरेका थिए। आधारपत्रमा जातीय विभेद सम्बन्धी कानुन र आगामी संविधानमा राख्नु पर्ने विषय समेटिएको थियो । आधारपत्र माथि टिप्पणी गर्दै प्रशासकीय अधिकृत मेघनाथ पाध्यले राज्यले बनाएका कानुन प्रभावकारी रुपमा कार्यन्वय गर्न सके छुवाछुत तथा दलितमाथि हुने विभेदको अन्त हुने बताए । यस्तै जिविसका योजना अधिकृत दिपेन्द्र रेग्मीइन्सेक प्रतिनिधि नन्दराम पौडेलमाहुरीहोमका सल्लाहकार रामदयाल ठाकुरमहिला अधिकारकर्मी मिना परियारमाधुरी श्रेष्ठनेपाली काङ्ग्रेसका प्रतिनिधि सुधाकर पाण्डेयएमालेका जिल्ला कमिटी सदस्य यज्ञ खनालएमाओवादीका प्रतिनिधि लगाएले छुवाछुद अन्त र जातीय विभेद नगर्ने कुराको प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रम नेपाल राष्ट्रिय दलित कल्याण सङ्घका जिल्ला अध्यक्ष रामदेव पासीको अध्यक्षतासञ्जय पासीको सञ्चालन तथा दलित सामाजिक विकास केन्द्रकी गीता हरिजनको स्वागतमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment