बागलुङको नारायणस्थान गाविसलाई छुवाछूतमुक्त गाविस घोषणा


बागलुङ,  चैत ८ गते । बागलुङको नारायणस्थान गाविसलाई शुक्रबार छुवाछूतमुक्त गाविस घोषणा गरिएको छ ।एक्काइसौँ  जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर गाविसलाई छुवाछूत मुक्त घोषणा गरिएको हो । 

दलित सशक्तीकरण केन्द्र बागलुङ, गाविसस्तरीय दलित सञ्जाल नारायणस्थान र प्लान नेपालको संयुक्त आयोजनामा भएको घोषणासभामा नारायणस्थान गाविस जातीय विभेद र छुवाछूतमुक्त भएको उद्घोष गरिएको थियो । 

सभामा सहभागी सभासद् प्रकाश पौडेल, जिल्लाका राजनीतिक दलका प्रमुख, प्रशासनिक क्षेत्रका प्रमुख, दलित आन्दोलनका अगुवा, समाजसेवी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारणले छुवाछूत मुक्त गाविस घोषणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । घोषणासभामा सहभागी सबै सहभोजमा समेत सामेल भएका थिए । रासस

No comments:

Post a Comment