बलात्कृत बालिकाको उपचारमा रकम अभाव

 बलात्कृत बालिका
गुल्मी, चैत्र ६ - बलात्कृत १० वषर्ीया बालिकाको उपचारमा समस्या परेको छ । सहाराहीन ती बालिकाको आर्थिक अभावले उपचारमा समस्या भएको हो रोजगारमा भारत गएका बेला जन्मेकीले बाबुले उनलाई अस्वीकार गरेका थिए भने आमाले पनि उनलाई छाडेर दोस्रो विवाह गरेकी थिइन् । उनलाई स्थानीय एक महिलाले संरक्षण दिँदै आएकी थिइन् । 
साथीकोमा बस्न गएका बेला खड्गकोट २ का २९ वषर्ीय जीवन दमाईले मंगलबार राति बलात्कार गरेका थिए । दमाईकी छोरी बलात्कृत बालिकाकी साथी हुन् । घरमा श्रीमती नभएको मौका छोपेर छोरीसँगै सुतेकी बालिकालाई राति १ बजे दमाईले बलात्कार गरेका हुन् । राति नै बालिका भाग्न खोजे पनि झन्डै ७० मिटर टाढासम्म पुगेर बलात्कार गरेको देखिएको निमित्त प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए । जीवन दमाईलाई भुर्तुङ प्रहरी चौकी इन्चार्ज पशुपति बोहोराको नेतृत्वको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ । बालिकाको योनीबाट अत्यधिक रगत बगेको र विक्षिप्त बनेको अवस्थामा बुधबार बिहान देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


अभियुक्त २९ वर्षिय जिवन दमाई 
घाइते बालिकाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि स्थानीय संघसंस्थाबाट सहयोग संकलन गरी थप उपचारका लागि प्रहरीले मिसन अस्पताल पाल्पा पठाएको छ । आफन्त कोही नभएकाले सहयोग गर्न गाउँले प्रहरी कार्यालयमा आएका थिए । बालिका सुतेको बिस्तरादेखि बारीसम्म रगत बगेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा समेत अभियुक्त दमाईले आफ्नी छोरी र बालिकासँगै र आफू घरबाहिर सुतेको अवस्थामा राति ठूलो हावाहुरी चलेपछि आफू भित्र सुत्न जाने क्रममा दिमागले काम नगरेपछि बलात्कार गरेको बताए । 

बालिकालाई थप उपचारका लागि स्थानीय आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीबाट ४ हजार, महिला तथा बालबालिका कार्यालयबाट ४ हजार, तम्घास गाविस र जिल्ला अस्पतालबाट २ हजार संकलन गरी पाल्पा पठाएको भए पनि अझै रकम अभाव भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । स्रोत: कान्तिपुर 

No comments:

Post a Comment