शुल्क तिर्न नसक्दा एसएलसीबाट वञ्चित - सुदीप अधिकारी

सरकारले सामुदायिक द्यिालयमा माध्यामिक तहसम्म निः शुल्क शिक्षाको घोषणा गरे पनि र्बिर्दयाको  एक सामुदायिक विद्यालयले शुल्क नतिरेको भन्दै एक दलित विद्यार्थीलाई एसएलसी परीक्षाबाट वञ्चित गराएको छ । जिल्ला धधबार –८  स्थित किसान माध्यामिक विद्यालय फचकवाले छात्र दुर्गेश सुनारलाई शुल्क नतिरेको भन्दै एसएलसी परीक्षा दिनबाट रोकेको हो । दुर्गेश त्यस विद्यालयका नियमित छात्र हुन् ।
 शुल्क नतिर्नेलाई प्रवेशपत्र नदिने नियम भएको भन्दै विद्यालयले परीक्षाको प्रवेशपत्र नदिएपछि परीक्षाबाट वञ्चित भएको पीडित विद्यार्थी दुर्गेशले बताए । सरकारले माध्यमिक तहसम्मको शिक्षा निः शुल्क घोषणा गरे पनि यो विद्यालयले स्रोत नभएको भन्दै सबै विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको छ । ‘सरहरुले १ हजार ८ सय रुपैयाँ लिएर प्रवेशपत्र लिन आउनु भने । मैले त्यति रकम तत्कालै जुटाउन सकिँन ।
पीडित विद्यार्थी दुर्गेशले भने, पैसा नलिई नआउनु भनेपछि म स्कुल नै गइनँ’ । विद्यालयले प्रवेशपत्र नदिएपछि उनले पहिलो दिनको अग्रेजी विषयको परीक्षा दिन पाएनन् । दोस्रो दिन प्रवेशपत्र पाएपछि मात्र दुर्गेश परक्षिामा सामेल भएका थिए । मानसिक तनावका कारण पछिल्ला परीक्षा राम्रो हुन नसकेको छात्र दुर्गेशले बताए । ‘राम्रो तयारी गरेको थिए तर पहिलो गाँसमै ढुगां परेपछि सबै खल्बलियो,’ दुर्गेशले सुनाए । दुर्गेशले परिक्षा शुल्क, मासिक शुल्क, रजिस्टे्शन र प्रयोगात्मक शुल्क नबुझाएकाले रकम लिएर आउनु मात्रै भनेको तर पछि उनी सम्पर्कमा नै नआएको विद्यालयका प्रधानध्यापक जग्गुप्रसाद थारुले बताए ।
पैसा नभएको बारे उनले केही बताएनन् सम्पर्कमा आएको भए विद्यालयले प्रवेशपत्र रोक्ने थिएन । दोस्रो दिन बोलाएरै परिक्षामा सामेल गरायौ, प्रधानध्यापक थारुले भने ।  विद्यालयकै कारण छोराको भविष्य बिग्रको भन्दै अभिभावक विष्णु सुनारले चिन्ता व्यक्त गरेका छन् ।  गाउँघरकै मान्छे हौं, भनेको बेला पैसा भएन, पछि तिथ्र्यौं, त्यही बहानामा विद्यालयले छोरालाई परीक्षा दिनबाट रोक्यो, चित्त दुखेको छ, दुर्गेशका बाबु विष्णु सुनारले बताए ।
(स्रोत – राजधानी दैनिक)

No comments:

Post a Comment