सुन्तली विकको मृत्यु भएपछि बालबालिकाहरु बिचल्लीमा

सल्यान,चैत्र–स्यानिखाल १ सानोडा“ग्रीका एकैघरका तीन बालबालिका बिचल्लीमा परेका छन् । बाबु रामबहादुर बि. क. रोजगारीको शिलशिलामा कतार गएको ६ महिना नपुग्दै घरमा आमा सुन्तली विकको मृत्यु भएपछि बालबालिकाहरु बिचल्लीमा परेका हुन । आमाको मृत्युपछि उनीहरुको रेखदेख गरिदिने आफन्त नहुद“ातीन बालबालिका विचल्ीमा परेका छन् । घरमुलीको मृत्यु हुदा“ उनीहरुलाई सा“झ बिहानको छाक टार्न समेत धौ–धौ भएको छ । छिमेकीले दिएमा मात्रै उनीहरुले केही खान पाउँछन् अन्यथा उनीहरुसँग भोकै सुत्नुको विकल्प छैन । रातको समयमा हेरिदिने मान्छे कोही नहँुदा डरले उनीहरु रातभर अनिदै बस्ने गरेका छन् । संरक्षक कोही नहुदा“ उनका घरमा भएका सामाग्री लथालिंग भएका छन् । आमाको मृत्यु हुद“ा ८ वर्षिय छोरा विष्णु विक किरिया बस्न बाध्य छन् ।

 अहिले ८ वर्षिय भाई विष्णु र ४ वर्षिय बहिनी निशाको अभिभावक ११ वर्षिया दिदि सरीता विक बनेकी छिन् । गहभरी आ“शु पादै उनीबसेका उनीहरु बाब आउने आशामा बाटोतिर आँखा लगाएर ढुकिरहेका छन् । सरीता कक्षा ३ र भाई विष्णु २ मा शिव निमावि मूलडा“डामा पढ्दै आएका थिए । बाबुले छोडेर विदेश र आमाले सदाका लागि संसार छाडेपछि दुवैको पढाई प्रभावित भएको छ । ‘आमाको एक्कासी मृत्यु भयो हेर्ने भनेकै उनी थिइन, उनी नै नरहेपछि हाम्रो बिचल्ली भयो’ ११ वर्षिया सरिताले विलौना गर्दै भनिन,‘अहिले हामीले दुई छाक खान पाएका छैनौ, घरमा केही छैन, कह“ाबाट ल्याएर खाने ?’ ‘हामीलाई के गरौ र कसो गरौ भएको छ । घरमा अव ठूलो भनेको कोही छैन’, गहभरी आ“शु पार्दै उनले भनिन,‘हाम्रो साहारा भनेको बुवा तपाई नै हो, तपाई जह“ा हुनुहुन्छ छिटो घर आउनुस । 

तपाइ नै नआए हामी कसको सहारामा बा“च्ने ? हामीलाई ठूलो समस्या भएको छ । म आफु भोकै भएपनि साना दुई भाइबहिनीलाई कहा“बाट ल्याएर के खुवाउ ?’ एक छिमेकीले भनिन,‘घरको आर्थिक अवस्था कमजोर भएका कारण राम बहादुर विक गाउमा ऋण लिएर विदेश गएका थिए । उनी गएकै समयमा श्रीमतीको एक्कासी मृत्यु हुदा बालबालिकाहरुको बिचल्ली भएको छ । आमाले त गाउमा मजदुरी गरी आफ्ना छोराछोरीलाई जसोतसो पालेकि थिइन । घरमा सबै साना हुदा काम गर्न सक्दैनन् । उनीहरुले तीनदिनदेखि केही खाएका छ्रै्रनन् । छिमेकीले दिए खान्छन् नदिए त्यतिकै बस्छन् ।’ - स्रोत : रातो पाटी

No comments:

Post a Comment