अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवस सम्पन्न

सुरबहादुर परियार ( इन्सेक ) 
०७० चैत ७ गते, कैलाली ।मूल आयोजक समिति, धनगढीको आयोजनामा ४९ औँ अन्तर्राष्ट्रिय सबै खाले जातीय विभेद विरुद्धको दिवस धनगढीमा चैत ७ गते प्लेकार्डसहित र्‍याली लगाएतका गतिविधि गरी सम्पन्न भएको छ ।धनगढीको ट्राफिक चौराहबाट निकालिएको र्‍याली जिल्ला प्रशासन कार्यालयमापुगरे कोणसभामा गरी सम्पन्न भएको छ । कोणसभामा दलित गैरसरकारीसंस्था महासङ्घ धनगढीका क्षेत्रीय संयोजक खडकबहादुर विकलेसहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा जातीय विभेद विरुद्ध सबै एक हौँ, जातीय छुवाछुत कसुर सजाय ऐन२०६९ कार्यान्व्यन गर, सामाजिक न्यायका लागि दलित मैत्री संविधान, जातीयछुवाछुत अन्त्यका लागि १० वर्ष एकीकृत रणनीतिक अभियान भन्ने मुलनाराहरू रहेका थिए ।

यसैबीच, कोणसभा समापन भएपछि सोही कार्यक्रमका सहभागी दलितगैरसरकारी संस्था महासङ्घका प्रतिनिधि, इन्सेक, माईती नेपाल, पत्रकार, दलित अधिकारकर्मीको टोलीले जिल्ला प्रशासन मार्फत नेपालसरकारलाई जातीय छुवाछुत अन्त्यका लागि नेपाल सरकारले ठोस नीति तथा कार्यक्रम लागु गर्नु पर्ने, राज्यका सबै संरचनामा समावेशीकाआधारमा दलित प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने लगाएत माग राखी ज्ञापन पत्र बुझाएको छ ।

नेपाल सरकारका तर्फबाट ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जातीय विभेद विरुद्ध समाजमा रहेका सबै सचेत वर्गलाग्नु पर्ने बताए । राज्यका तर्फबाट जिल्लामा जातीय विभेद अन्त्यका लागि आफ्ना सक्दो सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । 

No comments:

Post a Comment