पूर्व उर्जामन्त्री गोकर्ण विष्टको विशेष पहलमा कमल परियारलाई रकम संकलन

२८ फागुन, काठमाडौं । आपत-विपत परेका बेलामा सहयोग गर्न अझैपनि नेपालीहरु पछाडी पर्दैनन् भन्ने पुष्टी गुल्मेली यूवाहरुले गरेका छन् । मुटुको रोगबाट ग्रसित गरिव परिवारको एक किशोरलाई उपचारका लागी आवश्यक रकम संकलन गरेर उनीहरुले सो पुष्टी गरेका हुन् ।गुल्मी जिल्ला मर्भुङ दघाँसस्थित १६ वषिर्य कमल परियारलाई मुटुको उपचार गर्न स्वदेश तथा विदेशमा रहेका स्थानिय यूवाहरुले आवश्यक रकम जुटाइदिएका छन् । आवश्यक रकम  जुटेपछि उनको आज शहिद गंगालाल हृदय रोग केन्द्रमा सफल अप्रेसन भएको छ । मुटुको दुईवटा भल्भले काम नगरेपछि अस्पतालले दुबै भल्भ फेरिदिएको छ ।

गरिव परिवारमा जन्मिएका कमलका बाबु बले दर्जी अहिलेसम्म कटुवाल काम गर्दै बालीघरे प्रथामा जीवन गुजारा चलाउँदै आएका छन् । अप्रेसनका लागि अस्पतालले तीन लाख रुपैयाँ जम्मा गर्न भनेपछि बले दर्जी रकम संकलनका लागि स्थानिय यूवाहरुलाई आग्रह गरेका थिए ।बले दर्जीको आग्रहपछि पूर्व उर्जामन्त्री गोकर्ण विष्टको विशेष पहलमा रकम संकलन अभियानलाई तिब्र पारिएको थियो । स्वदेश तथा विदेशमा रहेका स्थानिय यूवाहरुबाट अप्रेसनका लागि २ लाख ८० हजार ६ सय ११ रुपैयाँ संकलन भएको हेम लम्सालले जानकारी दिए । उक्त रकम मंगलबार पूर्व मन्त्री विष्टले कमलका बुवा बले दर्जीलाई हस्तान्तरण गरेका थिए ।
सभासद्समेत रहेका विष्टको आग्रहपछि दक्षिण कोरियामा कार्यरत गुल्मेली यूवाहरुबाट १ लाख ३१ हजार रुपैयाँ संकलन भएको थियो । कोरियामा रोशन कुमार पौडेल र गोकर्ण पौडेलको सक्रियतामा रकम जम्मा गरिएको थियो । साथै, कोरियाबाटै मगर संघ कोरियाका अध्यक्ष शंकर रानाको सक्रियतामा थप २० हजार रुपैयाँ संकलन भएको हेमराज लम्सालले जानकारी दिए ।कमललाई कोरियामा कार्यरत कपुर श्रेष्ठ, साउदीमा कार्यरत ढालेन्द्र लम्साल, कतारमा कार्यरत दीपक पौड्याल, दुवईमा कार्यरत गोकर्ण खत्री, रुद्र खत्रीले पनि ठूलो सहयोग गरेका थिए । साथै, नेपालमा फर्सुराम पान्डे, बोम बहादुर थापा, सुशिल भट्टराई, जीवन खत्री, रित बहादुर खत्री, कृष्ण लम्साल, हेम लम्साल लगायतले सहयोग गरेको बताइएको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै पूर्वमन्त्री विष्टले आर्थिक अवस्था कमजोर हुँदा गरिव नेपालीहरुले अकालमा ज्यान गुमाइरहनुपरेको गुनासो गरे । मुलुकमा गणतन्त्र आएपनि जनताले आभाष गर्न नसकेको ठोकुवा गर्दै उनले नागरिकलार्इ आवश्यक न्यूनतम सेवा-सुविधाहरू राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिए । स्वस्थ्य क्षेत्रमा राज्यको उपयुक्त नीति नहुँदा आर्थिक अवस्था कमजोर भएकाहरु उपचार नपाएर तडि्परहनुपर्ने वर्तमान अवस्था रहेको उनको भनाई थियो ।कमलले गरिव परिवारले उपचारमा पाउने सरकारी अनुदानवापत १ लाख रुपैयाँ प्राप्त गरेको हेम लम्सालले जानकारी दिए । छिमेकीको सहयोगबाट आफ्नो छोरो बचेको भन्दै कमलका बुवा बले दर्जीले सबैलाई धन्यवाद दिए ।
- स्रोत: onlinekhabar

No comments:

Post a Comment