संविधानले कसैलाई विभेद गरेको छैन् : प्रधानमन्त्री

susil-koirala७ चैत, काठमाडौं । आज अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । प्रत्येक वर्ष मार्च २१ मा मनाइने यो दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले नेपालका रंगका आधारमा कसैलाई भेदभाव नगरिने बताएका छन् ।सम्पूर्ण आदिवासी, जनजाति, दलित, उपेक्षित, पिछडिएका र सीमान्तकृत नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना भन्दै कोइरालाले नेपालको वर्तमान संविधान र ऐनकानुनले सबै नेपालीलाई जात, धर्म, लिङ्ग, बसोबासका आधारमा विभेद नगर्ने प्रत्याभूति गरेको बताए ।

कोइरालाको शुभकामना सन्देशमा भनिएको छ-’पहिलेदेखि कायम वर्णाश्रमको व्यवस्था र त्यसको अभ्यासका आधारमा गरिएका परम्परागत विभेदको अझै अन्त्य भएको छैन । यस्ता विभेदलाई उन्मूलन गरी नेपालको जुनसुकै भूभागमा बसेका भए पनि विभिन्न भाषाभाषी, धर्म, संस्कृति मान्ने सबै जातजातिका नागरिकलाई विकासको मूलधारमा ल्याएर समतामूलक र न्यायपूर्ण समाज बनाउने उद्देश्यले वर्तमान संविधान र कानुनहरुमा संरक्षणको व्यवस्था गरिएको ।’

संविधानसभाबाट देश र जनताको भविष्यरेखा कोर्ने संविधान निर्माणको कार्य थालनी गर्ने भएको भन्दै कोइरालाले यो ऐतिहासिक अवसरमा अब बन्ने संविधानले पनि सम्पूर्ण नेपाली जनतालाई जातजाति, धर्म, सम्प्रदाय, लिङ्ग, भाषा, संस्कृति, भौगोलिक अवस्थितिका आधारमा भेदभाव नगर्ने तर आर्थिक सामाजिक विकासका दृष्टिले राष्ट्रिय राजनीति र आर्थिक सामाजिक विकासको मूलप्रवाहमा आउन नसकेका विभिन्न आदिवासी, जनजाति, दलित, उपेक्षित, पिछडिएका र सीमान्तकृत नेपालीलाई राष्ट्रिय विकासको मूलप्रवाहमा ल्याउन सकारात्मक विभेदको नीति अङ्गीकार गर्ने सम्बन्धमा सरकारले सकारात्मक सोच राखेको बताएका छन् ।नेपाली समाजलाई समतामूलक र न्यायपूर्ण बनाउन हाम्रा संवैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन र तद्अनुकूलको व्यवहार प्रदर्शन गर्न कोइरालाले सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

स्रोत: अनलाइनखबर

No comments:

Post a Comment