सिरहाका छुवाछुतका घटनामा संलग्न आरोपितहरु धरौटीमा रिहा

०७० चैत ८ गते , सिरहा- छुवाछुतका घटनामा संलग्न आरोपितहरु चन्द्रउदयपुर गाविस-६ का २४ वर्षीया शारदा लामा, २५ वर्षीय अशोक थापा, २४ वर्षीय शिवा लामा र २७ वर्षीय भुषण लामालाई जिल्ला अदालत सिरहाले जनही ७ हजार रुपियाँ धरौटीमा चैत ६ गते रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालत सिरहाका श्रेस्तेदार खिमबहादुर थापाको एकल इजलाशले सो आदेश दिएको सहायक सरकारी वकिल मोहमद मुन्नाले बताए ।
फागुन १२ गते बिहान इनारमा पानी भर्न गएको दलितहरुलाई हामीलाई पहिला पानी भर्न दे भनेर गैरदलितहरुले हप्काएपछि दलितहरुले सँगै पानी भर्ने करा राख्दा उनीहरुबीच भनाभन भएको थियो । सोही विषयलाई लिएर दलितहरुमाथि घरघरमा गएर विजय लामा, अशोक मगर, अरुण लामा, भुषण लामा, पूर्णी लामा, साने लामा, श्रद्धा लामा, अजय लामा लगायतका २० जनाको समूहले कुटपिट गरेको भन्दै पीडितहरुले फागुन १६ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएका थिए ।कुटपिटबाट ४० वर्षीया सुमारी देवी सदाय, ३५ वर्षीया पंची देवी सदाय, ३४ वर्षीया सोना देवी सदाय, ३२ वर्षीया घोपा सदा, २८ वर्षीया जहरी सदा, १८ वर्षीय अपाङ्ग संजील सदा, २५ वर्षीया शान्ति सदा, २६ वर्षीया सोमनी सदा, ३५ वर्षीय बिष्णु सदा, २५ वर्षीया नेपी सदा र २८ वर्षीया श्याम देवी सदा घाइते भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीले आरेपितहरु मध्ये २४ वर्षीय शारदा लामा,२५ वर्षीय अशोक थापा,२४वर्षीय शिवा लामा र २७ वर्षीय भुषण लामालाई फागुन २६ गते गिरफतार गरी अदालत पेश गरेको बताए ।

No comments:

Post a Comment