ओझेलका खवरका सञ्चालक प्रेम सुनारलाई सम्मान

गुल्मी , चैत्र १७ । 
समाजका अनियमित्ता भ्रष्टचार विकृति विसंगती विरुद्ध सशक्त रुपमा लागेको र दुखी गरिव असाहयहरुको उपकार र आर्थिक अभावका कारण उपचार पाउन नसकेका कैयौंको उपकार गरेको भन्दै यस गुल्मी टाईम्स डटकम का गुल्मी सम्वादाता एवं चर्चित रेडियो कार्यक्रम ओझेलका खवरका सञ्चालक प्रेम सुनारलाई विस्वभर सञ्जाल रहेको एक संस्थाले सम्मान गरेको छ । उहाँलाई गुल्मी केयर विश्व सञ्जालले सदरमुकाम तम्घासमा दोसाल्ला ओढाएर सम्मान गर्नुका साथै १० हजार धनराशीको नगद पुरष्कारले समेत पुरष्कृत गरेको हो । रेडियो गुल्मीको संयोजनमा प्रवासमा रहेका सञ्जालका पदाधिकारीहरुले पठाएको नगद पुरष्कार र सम्मान पत्र सञ्जालकी गुल्मी प्रतिनिधी राधिका कुँवरले हस्तान्तरण गर्नु भएको थियो । 
उक्त पुरष्कार रेडियो गुल्मीका उपाध्यक्ष अशोक थापाले सुनारलाई प्रदान गर्नु भएको थियो । उक्त पुरष्कार रकमको १० प्रतिशत सुनारले नेपाल पत्रकार महासंघमा पत्रकारहरुको दुख विमारमा उपचार कोष निर्माण गरौं भन्दै दिनु भएको छ । सो रकम महासंघका उपाध्यक्ष भरत पाण्डे , सचिव तारा भुसाल मार्फत प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गैह्र सरकारी महासंघका उपाध्यक्ष युवराज केसीले ओझेलका खवरले आर्थिक अभावका कारण उपचार पाउन नसकेका थुप्रैलाई नव जिवन दिन सफल भएकोले गुल्मी केयार विश्व सञ्जालले सुनारलाई सम्मानित गरेर विश्वभर रहेका नेपालीहरुलाई राम्रो सन्देश दिएको बताउनु भएको थियो । उहाँले ओझेलका खवरले अन्य कुरामा ठुलो जोखिम मोलेर काम गरेकोले सवैले साथ दिनु पर्ने धारणा राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको अध्यक्षता गरी रहनु भएका रेडियो गुल्मीका उपाध्यक्ष अशोक थापाले ओझेलका खवर प्रति सारा गुल्मीलीहरुको माया र समर्थन रहे पनि केहिले आलोचना गर्नु स्वभाविक भएको भन्दै कत्ति विचलित नभई अडाडी बढ्न सुनारलाई प्रोत्साहित गर्नु भएको थियो । कार्यक्रममा एकिकृत ग्रामिण विकास समाजका उपाध्यक्ष हिरा एसी , नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत पाण्डे, सचिव तारा भुसाल, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे लगायतको आतिथ्यता थियो । पुरसकार र सम्मान ग्रहण गर्दै ओझेलका खवर सञ्चालक सुनारले आफु अझ गहिराईमा पुगेर खवर बनाउने बताउँदै ओझेलका खवरलाई आझ सामाजिक बनाउने प्रतिवद्धता जनाउनु भएको थियो । रेडियो गुल्मीका उपाध्यक्ष अशोक थापाको अध्यक्षता रहेको कार्यक्रममा शे यर धनी टिकाराम पोखे्रल ( साहित्य ) को सञ्चालन रहेको थियो ।

No comments:

Post a Comment