प्लाष्टिक विरुद्धको अभियानकर्ता सम्मानित

काठमाडौ, चैत्र ९ - साँखुस्थित सालिनदीमा बर्षेनी लाग्ने एक महिने स्वस्थानी पूजाको मेलालाई प्लाष्टिक मुक्त बनाउन सहयोग पुर्‍याउने स्वयमसेवक र संघसंस्थालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । फोर्स नेपालले मेलालाई प्लाष्टिक मुक्त राख्न एक महिने अभियान चलाएको थियो ।
मेलामा सात सय स्वयमसेवक खटिएको फोर्स नेपालका अध्यक्ष प्रदीप खतिवडाले जानकारी दिए । स्वमसेवकलाई बिद्यालयका प्रतिनिधिमार्फत् प्रसंशापत्र पठाइएको थियो । मेलालाई प्लाष्टिक मुक्त राख्न बिभिन्न बिद्यालयका बिद्यार्थी स्वयमसेवकको रुपमा खटिएका थिए ।
कार्यक्रममा निस्ट कलेजकी प्रतिमा अधिकारी, नेभ कलेजका रुपेश बराइली र सान्त्वना कलेजका अभिनव अधिकारी उत्कृष्ट टोली नेताको रुपमा पुरस्कृत भए । नेभ कलेज, एभरेष्ट स्कुल र हिमालयन इन्टरनेशनल स्कुललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बिज्ञान तथा प्रविधि मन्त्रालय वातावरण महाशाखाकी सहायक निर्देशक राधिका अर्याल लामिछाने, नेपाल स्काउट जिल्ला स्काउट काठमाडौंका आयुक्त रञ्जनलाल श्रेष्ठ, साँखु जेसीजका बबिन श्रेष्ठलगायतको उपस्थिति थियो ।
स्रोत : कान्तिपुर 

No comments:

Post a Comment