किन भयो सुस्तमनस्थिति भएकी सुष्मा बिकको बिभत्स हत्या ?

पिताम्बर नेपाली, विराटनगर, फागुन २२– फागुन १८ गते साँझ विराटनगर २० स्थित घरबाट अचानक गायब भएकी हरिश्चन्द्र विश्वकर्माकी छोरी २० बर्षकी सुष्मा भोलीपल्ट भारतीय भुमीमा बिभत्स अबस्थामा मृत फेला परिन । नेपाल भारत सिमापारि बिहारको जोगबनी भन्ने नगरेको भेडियारी भन्ने ठाउँमा जमिनमा घोप्टो पारेर फालिएको थियो सुष्माको शरिरलाई । भारतीय प्रहरीले सोझै अनुमान लगाउन गाह्रो भएन , सुष्माको कुनै यौन पिपासूले बलात्कार पछि हत्या गरेको हो ।, तर प्रहरीले सामुहिक हो की एकल हो त्यो भने खुलाउन सकेन । आफन्तलाई भन्यो , तपार्इंहरु पोष्टमार्टमा रिर्पोट आउन्जेल धैर्य गर्नोस । तर, घटना भएको पाँचदिन लाग्दा पनि भारतीय प्रहरीले पोष्टमार्टमा रिर्पोट आफन्तलाई दिएको छैन् । र नेपालको प्रहरीले पनि त्यसरी बोल्न नसक्ने र राम्ररी हिँडने पनि नसक्ने सुस्त अपांगता भएकी सोझी युवतीलाई अपहरण गरेर लाने पिपासुको थियो भनेर खोज्न चाहेको छैन् ।

 सुष्माको बस्ती पुर्ब क्षेत्रिय प्रहरी प्रमुखको कार्यालय, तालिम केन्द्र र पुर्व क्षेत्रिय प्रहरी गणसँगै जोडिएको छ । साथै एक किलोमिटर दक्षिण शसस्त्र प्रहरीको सिमा सुरक्षा कार्यालय , भन्सार राजस्ब गस्ती , इलाका प्रहरी र प्रहरी चौकी समेत छ । पारिपट्टि जोगबनीमा भारतीय सिमा सुरक्षाबल जबानहरु डयुटी गर्छन । तर यतिधेरै सुरक्षा निकायहरु हुँदाहुँदै खुल्ला दशगजा क्षेत्रमा कसरी पुग्यो अपांग सुष्माको शब । किन भयो हत्या पत्ता लगाउन प्रहरी असक्षम छ । साना झोलेपोके तस्करहरुसँग जस्तोसुकै अबसथामा पैसा असुल्न ध्यान पुग्ने प्रहरीहरुको यति गम्भिर हत्या हुँदा किन ध्यान पुग्दैन । किन गम्भिर अनुसन्धान हुँदैन , हामी अचम्भित भएका छौ , स्थानियबासी बिमला तामाङले भनिन । स्थानियले सुषमाको हत्याको सत्यतथ्य चाँडो भन्दा चाँडो बाहिर ल्याउन बुधबार इलाका प्रहरी कार्यालय रानी घेराउ गरेर प्रर्दशन गरे । स्थानियबासीहरु ईन्टेसमा मात्र काम गर्न चाहने नेपाल पुलितस र नेपालीको भनेपछी अनुसन्धान गर्न चासै नदिने भारतीय प्रहरीको हेपाहा निति बिरुद्ध थप संघर्ष चर्काउने तैयारी थालेका छन । मृतक सुषमका दाजु पुष्प बिश्बर्माले भने,– ‘हामी गरिबको अनाहकमा ज्यान जाँदा राज्यले चासो दिएर अनुसन्धान गर्नुपर्छ की पर्दैन । 

मोरगका एसपी बिश्बराज पोखरेलले भारतीय भुमीमा घटना भएकोले बिस्तृत अनुसन्धान गर्ने नमिल्ने तर सुषमालाई अपहरण गरेर लाने को थियो भन्ने बिषयमा अनुसन्धान थालिसकेको जानकारी दिए । भने,–ढिलो होला तर यस्तो जधन्य अपराध गर्नेलाई प्रहरीले छाडदैन । तर यति गम्भिर घटना भएपनि बिराटसाना झोलेपोके तस्करहरुसँग जस्तोसुकै अबसथामा पैसा असुल्न ध्यान पुग्ने प्रहरीहरुको यति गम्भिर हत्या हुँदा किन ध्यान पुग्दैन । किन गम्भिर अनुसन्धान हुँदैन , हामी अचम्भित भएका छौ , स्थानियबासी बिमला तामाङले भनिन । स्थानियले सुषमाको हत्याको सत्यतथ्य चाँडो भन्दा चाँडो बाहिर ल्याउन बुधबार इलाका प्रहरी कार्यालय रानी घेराउ गरेर प्रर्दशन गरे । स्थानियबासीहरु ईन्टेसमा मात्र काम गर्न चाहने नेपाल पुलितस र नेपालीको भनेपछी अनुसन्धान गर्न चासै नदिने भारतीय प्रहरीको हेपाहा निति बिरुद्ध थप संघर्ष चर्काउने तैयारी थालेका छन । 

मृतक सुषमका दाजु पुष्प बिश्बर्माले भने,– ‘हामी गरिबको अनाहकमा ज्यान जाँदा राज्यले चासो दिएर अनुसन्धान गर्नुपर्छ की पर्दैन । , मोरगका एसपी बिश्बराज पोखरेलले भारतीय भुमीमा घटना भएकोले बिस्तृत अनुसन्धान गर्ने नमिल्ने तर सुषमालाई अपहरण गरेर लाने को थियो भन्ने बिषयमा अनुसन्धान थालिसकेको जानकारी दिए । भने,–ढिलो होला तर यस्तो जधन्य अपराध गर्नेलाई प्रहरीले छाडदैन ।, तर यति गम्भिर घटना भएपनि बिराटनगरका महिला अधिकारबादीहरु चाँही मौन छन ।नगरका महिला अधिकारबादीहरु चाँही मौन छन । स्रोत : रातो पाटी 

No comments:

Post a Comment