डा. बानियाँ र चन्दलाई 'दयाराम परियार मानव अधिकार स्मृति सम्मान

०७० चैत १४ गते,ललितपुर ।राष्ट्रिय मानव अधिकार आयोगले २०७० सालको 'दयाराम परियार मानव अधिकार स्मृति सम्मान' बाट पाल्पाका मानव अधिकारकर्मी डा. कर्णबहादुर बानियाँ र कञ्चनपुरका मानव अधिकारकर्मी शारदा चन्दलाई सम्मान गर्ने निर्णय गरेको छ ।आयोगका पूर्वकर्मचारी स्वर्गीय दयाराम परियारको आठौँ स्मृति दिवसमा आयोगमा आयोजित स्मृतिसभामा आयोगद्वारा चैत १४ गते जारी विज्ञप्तिमार्फत सो जानकारी गराइएको हो ।

दयारा परियार ०६२ माघ २ गते राष्ट्रिय मानव अधिकार आयोगको आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरमा सेवा प्रवेश गरेका थिए । कर्मक्षेत्रमा खटिएकै बखत परियारलाई ०६२ चैत ११ गते नेपाल प्रहरीले चलाएको गोली लागेकोमो उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा ल्याई भर्ना गरिएकोमा उपचारकै क्रममा ०६२ चैत १५ गते मृत्यु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गरी घटनामा दोषी ठहरिएका प्रहरी निरीक्षक प्रकाशराज शर्मालगायतका व्यक्तिलाई कारबाहीका लागि ०६२ चैत २० गते सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।'दोषीउपर अझै पनि कारबाही नभएकोले आयोग नेपाल सरकारको पुनः ध्यानाकर्षण गर्दछ ।'-आयोगका कामु सचिव वेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्व. दयाराम परियारको सम्झनामा मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा योगदान पुर्‍याउने मानव अधिकारकर्मीलाई ०६८ सालदेखि 'दयाराम परियार मानव अधिकार स्मृति सम्मान' बाट सम्मान गर्न थालिएको आयोगले जानकारी दिएको छ ।

No comments:

Post a Comment