प्रहरी र सिडिओविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर

०७० चैत १६ गते, सप्तरी ।    
बिना कसुर फत्तेपुर गाविस-३ का १६ वर्षीय एक बालक र २४ वर्षीय गंगा वि.कलाई सार्वजनिक अपराधमा म्याद थप गराई खानलाउन र भेटघाट गर्न समेत नदिई कानुनविपरीत थुनामा राखेको भन्दै प्रहरी र सिडिओविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ  इलाका प्रहरी कार्यालय कञ्चनपुरले पीडितहरूलाई विना कसुर जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधमा पटक-पटक म्याद थप गराएकोले गैरकानुनी थुनाबाट मुक्त गरी पाऊँ भन्दै पुनरावेदन अदालत राजविराजमा  पीडितहरूकी काकीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।

न्यायाधीश बालकृष्ण उप्रेतीको इजलाशले जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको नाममा चैत १६ गते सबुद प्रमाणसहित २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सादा पोशाकका प्रहरीहरूले पीडितहरूलाई चैत २ गते नियन्त्रणमा लिई केही सार्वजनिक अपराध मुद्दाअन्तरगत इलाका प्रहरी कार्यालय कञ्चनपुरमा थुनामा राखेका छन् । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दीपक कार्कीले प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा कानुनबमोजिम केही सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको बताए ।

No comments:

Post a Comment