१० दिन पछि चालक नेपालीको कंकाल फेला, हत्याको आशंका

तस्बिर : गूगल

प्रेम सुनार गुल्मी , चैत्र १७ । 
घरबाट हिंडेको दश दिन पछि गुल्मी अमरपुर ९ घर भएका जिप चालक अन्दाजी २२ वर्षिय भुवन नेपालीको कंकाल आज अर्जै गाविसमा फेला परेको छ । मासु सडरे गएको र हड्डी मात्रै अर्जै ८ को भिर्लिमेलाको पुछारमा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनु भयो । उहाँका अनुसार नेपालीको कंकाल उनको कपडा र मोवाईलबाट पहिचान भएको हो । कंकाल खोल्सामा रहेको छ ।

स्थानियका अनुसार नेपालीको पाईन्ट खोलिएको अवस्थामा छ । कंकाल नजिकै रक्सीको वोतल समेत भेटिएको छ । परिवारजन र छिमेकीले कसैले हत्या गरेरे फालेको आंशका गरेका छन् । तर ईस्मा प्रहरी चौकीबाट आएको प्रहरी टोलीले अनुसन्धान नै नगरी आफै मरेको हो भनेर पोष्ट मार्टम गर्न लैजान पदैन भनेपछि प्रहरीसंग स्थानियवासीको चर्काचर्की चलेको थियो ।

तपाईहरुलाई पोष्ट मार्टम गर्न सदरमुकाम लैजान धौं लाग्छ भने वर्दी फुकालरे फाली दिनुहोस जस्ता शव्द प्रयोग गर्न थाले पछि बल्ल तम्घासतिर पोष्ट मार्टमका लागि लैजान लागिएको एक स्थानियले बताए । प्रहरीले नै विना अनुसन्धान त्यसो भने पछि स्थानियले घटना स्थलबाट यस समाचार दातालाई फोन गरेका थिए । यस सम्वन्धमा प्रहरी प्रमुख लम्सालले गम्भीर अनुसन्धान गरिने बताए । नेपालीले लु १ ज १४०५ नम्वरको जिप चलाउथे । १० दिन अघि घरबाट हिंडेका उनको शव कुहेर दुर्घन्ध आउन थाले पछि स्थानियले फेला पारेका हुन् ।
स्रोत:- गुल्मीदिगामसेरोफेरो 

No comments:

Post a Comment