सुसन नेपालीलाई बचाइदिनका लागि उनका अविभावकको सबैसँग आग्रह

९ चैत, फलेवास (पर्वत)। अर्थाभावको कारण ब्रेन ट्युमरको शल्यक्रिया गर्न नसक्दा जीवन मरणको दोसाँधमा रहेका एक बालकको जीवन रक्षाका लागि उनका आफन्तले सबैसँग याचना गरेका छन् ।भँगारा गाविस–६ रोहोटेका पाँच वर्षीय सुसन नेपालीलाई बचाइदिनका लागि उनका अविभावकले सबैसँग आग्रह गरेका हुन् । 
बालकका ठूलो बुबा कुमार नेपालीका अनुसार गत फागुन १९ गते घरमै खेलिरहेको अवस्थामा सुसन एक्कासि बेहोस भएपछि उपचारका लागि पर्वत जिल्ला अस्पताल पु¥याइएकामा उपचार गर्न नसकिने बताइएपछि पश्चिमाञ्चल शिक्षण अस्पताल पोखरा लगिएको थियो । 
उक्त अस्पतालमा सम्बन्धित चिकित्सक नभएपछि मणिपाल शिक्षण अस्पतालमा लगी सिटिस्क्यान गरिएपछि ब्रेन ट्युमर भएको भन्दै शिक्षण अस्पताल काठमाडाँैमा पठाइएको छ । सुसन बचाउ अभियानका संयोजकसमेत रहनुभएका नेपालीले विश्व विकास बैंक, कुस्मा शाखाको खाता नं ००७०१२०००४६१९६०००००१ मा स्वेच्छिक रकम जम्मा गरी उनको जीवन बचाइदिन सम्पूर्णलाई अनुरोधसमेत गर्नुभएको छ । 

No comments:

Post a Comment