दलित शब्द हटाउने अभियान शुरु गरौं-पौडेल


काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ‘दलित’ शब्द हटाउने अभियानमा काग्रेस लाग्नु पर्ने बताउनु भएको छ । दलितहरुले आन्दोलन गरेरमात्र अधिकार प्राप्त हुदैन भन्दै उहाले माथिल्लो जात भन्नेहरुको नेतृत्वमा नै दलितको अधिकार स्थापित हुने बताउनु भएको छ । नेपाल दलित संघले सोमबार पार्टी कार्यालयमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजबाद र दलित समुदायको मुक्ति’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपसभापति पौडेलले दलित शब्द हटाउने अभियान संगसंगै बस्ति सुधार अभियान पनि नेपाली काग्रेसले सञ्चालन गर्नुपर्ने विचार राख्नुभएको थियो । 

सबभन्दा पहिले यो दलित भन्ने शब्द लाई नै हटाउनु पर्‍यो उपसभापति पौडेलले भन्नुभयो– यो शब्द हटाउने अभियानको नेतृत्व काग्रेसले गरौं । नेपालमा श्रमको सम्मान गर्ने सस्कृति नभएकोले पनि दलित भनिनेहरु हेपिएका उहाको भनाई थियो । दलितले आन्दोलन गरेर हुदैन, माथिल्लो जात भनेका हरुले नेतृत्व गरेर आन्दोलन गरेमात्र दलितको अधिकार प्राप्त हुन्छ पौडेलको भनाई थियो– पविर्तनलाई चाढो स्वीकार गर्न सक्ने क्षमता नेपाली जनतामा छ ।

कार्यक्रममा पुर्व अर्थमन्त्री एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले सामाजिक पुर्नसंरचना नभए सम्म राज्यको पुर्नसंरचनाले मात्र दलितहरुको पिडाको संवोधन नहुने धारणा राख्नुभएको थियो । दलितहरुको समस्या समाधानका लागि सबैभन्दा पहिले सामाजिक, सास्कृतिक र मानविय मुद्धाहरुलाइृ हल गर्नुपर्छ नेता आचार्यको धारणा थियो– कानुनमा आरक्षण दिएर मात्र दलितको बास्तविक समस्या समाधान हुदैन । दलितहरुको सिपलाई अधुनीकिकरण गर्नुपर्ने विचार राख्नुहुने आचार्य नेतृत्व विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुहुन्छ । कम्युनिष्टहरुले हाल सम्म दलितहरुलाई आफ्नो उदेश्य प्राप्तिको लागि हतियार मात्र बनाएको उहाको विष्लेषण थियो ।

सो अवसरमा नेता आचार्यले दलितहरुलाई छुवाछुतको व्यवहा गर्नेलाई नेपाली काग्रेसको क्रियाशिल सदस्यता नदिने भन्दै नेपाली काग्रेस अब गाउगाउ जानुपर्ने विचार पनि राख्नुभएको थियो । दलित र महिलाहरुको मुद्धाहरु अझैपनि ओझलमा परिरहेको बताउदै नेपाल महिला संघकी अध्यक्ष डा. डिला संग्रोलाले दलित र महिला मिलेर आन्दोलनलाई चर्काउने बताउनु भएको थियो ।

No comments:

Post a Comment