सदरमुकाममा दाउरा बेच्न लैजाँदै दैलेख खोरस्थित भैरव उमाविका प्राथमिक तहका विद्यार्थी । तस्बिर : प्रकाश/कान्तिपुर |
पढाइ छाडेर आफंै खर्चको जोहो गर्नुपर्ने बाध्यता रहेकामा फूलमती मात्र एक्ली होइनन् । स्कुले ड्रेसमा धान्न नसकिने भारीले असिनपसिन भएकी उनले भनिन्, 'गरिबको घरमा जन्मियौं । यो त हाम्रो बाध्यता हो ।' खोरका अधिकांश दलित बालबालिकाले पढाइभन्दा आम्दानीलाई महत्त्व दिनुपरेको छ । भैरव उच्च माविमा ३ कक्षामै अध्ययनरत १२ वषर्ीय चन्द्र विक, ९ वषर्ीय बमबहादुर चमारो, १२ वषर्ीय भक्तबहादुर चमारो, कक्षा ४ का ११ वषर्ीय नवीन विक र कक्षा ५ का दीपक विक साताको २ दिन दाउरा बेच्न सदरमुकाम आउने गर्छन् ।
उनीहरूले दाउराको भारीलाई एक सयदेखि ४ सय रुपैयाँसम्म बिक्री गर्ने गर्दछन् । 'खाना खान घरमै पुग्छौं । आफूलाई र घरका लागि चाहिने सरसामान किनेर लैजान्छौं,' आमा शीतलासँगै दाउराको मूल्य बार्गेनिङ गरिरहेका नवीनले भने, 'बजार आउँदा स्कुल भेटाउन सकिन्न । पढाइ छुट्छ । सोचेअनुसार मूल्य पाउन बजारमा धेरै डुल्नुपर्छ ।' लत्ताकपडा, कापीकलम, झोलादेखि चामल, नुनतेल, साबुनसम्मका सामग्री दाउरा बेचेर जुटाउने गरेको उनीहरूले बताए । दैलेख बजारमा शुक्रबार भेटिएका ती बालबालिकाले गरिबीका कारण राम्ररी पढ्न नसकेको दुःखेसो पोखे ।
No comments:
Post a Comment